स्थापना दिवसकाे अवसरमा सञ्चारीका समुहकाे अन्तरक्रिया तता भित्तेपात्रो विमोचन
  • काँचुली खबर

३० चैत्र, काेहलपुर । सञ्चारीका समुह बाँकेले आफनो स्थापनाको २३ औं वर्षगाँठका अवसरमा भित्तेपात्राे बिमाेचन गरेकाे छ । निडर र निष्पक्ष पत्रकारिता महीला पत्रकारको प्रतिबद्धता भन्ने मुल नाराका साथ क्रियाशिल रहेको सञ्चारिका समुहको शाखा बाँकेले स्थानिय शासनमा महीला सहभागिता र पत्रकार महीलाको भुमिका बिषयक अन्तरक्रिया गर्नुका साथै नयाँ बर्ष २०८२ को भित्तेपात्रो विमोचन गर्दै आफ्नो स्थापना दिवसका मनाएको हो ।

बाँकेको कोहलपुरमा आयोजित कार्यक्रममा कोहलपुर नगरपालिकाकी उप प्रमुख संगिता सुवेदीले २३ औं उत्सवका अवसरमा सञ्चारिका समुहले तयार पारेको केक काट्दै कार्यक्रमको शुभारम्भ गरेकी थिईन । उक्त अवसरमा उप प्रमुख संगिता सुवेदी, वडा नं. ११ का वडा अध्यक्ष कल्पना शर्मा, प्रेस चौतारीका केन्द्रिय सदस्य विष्णु बेल्वासे, पत्रकार महासंघ बाँकेका निर्वतमान कार्यवहाक अध्यक्ष संगिन शर्मा, प्रेस चाैतारी  बाँकेका पुर्व अध्यक्ष हेमन्त विक लगाएत उपस्थित अतिथीहरुले संयुक्त रुपमा नयाँ बर्षको क्यालेण्डर विमोचन गरेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सञ्चारिका समुह बाँकेकी अध्यक्ष पवित्रा परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानिय शासनमा महीला सहभागिता र पत्रकार महीलाको भुमिका बिषयक अन्तरक्रिया समेत गरिएको थियो । सवाल जवाफ सहितको कार्यक्रममा महिला पत्रकारहरुले जनप्रतिनिधिका रुपमा रहदा महिला जनप्रतिनिधिहरुले पाएको अधिकार र कार्य सम्पादनमा हुने समस्या तथा समाधानका प्रयासहरुका विषयमा जिज्ञाशा राखेका थिए ।

उप प्रमुख सुवेदी र वडा अध्यक्ष अधिकारीले आफना अनुभव, कानुन र अधिकार क्षेत्रकावारे महिला पत्रकारहरुलाई प्रष्ट धारणा राख्दै जिज्ञाशा मेटाएका थिए ।

सञ्चारिका समुह बाँकेकी कोषाध्यक्ष धना केसिले स्वागत मन्तब्य ब्यक्त गरेको उक्त कार्यक्रममा बाँकेबाट कलम चलाउने महिला पत्रकारहरु सञ्चारिका समुह लुम्विनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, डब्लु डब्लु जे बाँके अध्यक्ष शावित्रि गिरी, निशु जोशि, स्मृती देवकोटा, पत्रकारहरु विष्णु बेल्वासे, प्रमोद रिजाल लगाएतले अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए ।

कार्यक्रममा पत्रकार महासंघ बाँकेका निर्वतमान कार्यवहाक अध्यक्ष संगिन शर्मा, प्रेस चौतारी बाँकेका पुर्व अध्यक्ष एवं रेडियो प्रतिबोधका स्टेसन म्यानेजर हेमन्त विक, प्रेस सेन्टर बाँकेका सचिव पुष्पराज हमाल लगाएत पत्रकारहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारिका समुह बाँकेकी महासचिव आशा परियारले गरेकी थिईन ।

  • २९ चैत्र २०८१, शनिबार ०८:१३ प्रकाशित
  • Nabintech