२५ चैत्र, कोहलपुर । बाँकेमा मोटरसाइकलको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भनिएका व्यक्तिको हत्या भएको पुष्टि भएको छ ।
आइतबार राति ९ बजे बैजनाथ गाउँपालिका-२ गुनापुरस्थित भित्री सडक खण्डमा स्थानीय ६६ वर्षीय मुसुवा थारू घाइते फेला परेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
गुनापुर चोकबाट साइकलमा घर जाँदै गरेका थारूलाई सुरूमा मोटरसाइकलले ठक्कर दिएर भागेको अनुमान गरिएको थियो। उनको टाउको र अनुहारमा गम्भीर चोट थियो। तत्काल उपचारका लागि प्रहरीले कोहलपुरस्थित मेडिकल कलेज पठायो।
जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार थारूको उपचारका क्रममा राति पौने ११ बजेतिर मृत्यु भएको थियो।
थारू दुर्घटनामा परेको भनेर खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनकटुवाबाट प्रहरी बरिष्ठ नायब निरीक्षक तेजबहादुर रानाको कमाण्डमा दुई जनाको टोली खटिएको थियो।
ठक्कर दिएको मोटरसाइकल फेला नपरेपछि इलाका प्रहरी कोहलपुरबाट प्रहरी निरीक्षक हरि भट्टराइको कमाण्डमा सात जनाको टोली अनुसन्धानमा खटिएको थियो । टोलीले रातभर जसो प्रहरीले खोज्यो तर केही सुइँको पाएन।
त्यसपछि प्रहरीले कुटपिट गरी हत्या गरिएको हुनसक्ने पाटोबाट अनुसन्धान सुरू गर्यो।
अनुसन्धानकै क्रममा सोमबार बिहान ५ बजे बैजनाथ-२ गुनापुरका २४ वर्षीय लौटन थारूलाई नियन्त्रणमा लियो र इलाका प्रहरी कार्यालय कोहलपुर पुर्याएर सोधपुछ थाल्यो।
अनुसन्धान, सोधपुछ र केरकारपछि लौटनले हत्या गरेको स्वीकार गरे। उनले आफूले ढुंगा प्रहार गरी मुसुवाको हत्या गरेको प्रहरीलाई बताएका छन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार हत्या गरिएका मुसुवा लौटनको काका पर्छन्।
अनुसन्धानकै क्रममा गत वर्ष पनि लौटनले मुसुवालाई जानाजान साइकल धकेलेर लडाइदिएका थिए। त्यतिबेला मुसुवाको खुट्टा भाँचिएको थियो। त्यसबेला झन्डै ५५ हजार उपचार खर्च लागेको थियो।
मुसुवाले त्यतिबेला खर्च भएको पैसा तिर्न भनिरहेका थिए। त्यसकारण लौटनले मुसुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्यस राति लौटन आफ्नो काकाको हत्या गर्ने योजनाका साथ उनी आउने बाटो ढुकेर बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी पातलीले जानकारी दिए।
२४ चैत्र २०८१, सोमबार १५:०३ प्रकाशित