२५ चैत, काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आईतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । रिसालको राति पौने ८ बजे निधन भएको उनका माइला भाइ पुरू रिसालले पुष्टि गरे ।
रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान लागिएको हो । छोरी सुष्मा रिसालका अनुसार पाटन स्वास्थ विज्ञान प्रतिष्ठानमा लैजाने तयारी छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
९७ वर्षीय पाका पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका पत्रकार रिसाल राससमा अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध रहे ।
रेडियो सगरमाथाको स्थापनाकालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे भने उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउथे । उनी रासससबाट प्रमुख संवाददाता भएर अवकाश भएका थिए ।
पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिरलाई मेडिकल अध्ययन प्रयोजनका लागि दान दिने घोषणा गरेका थिए । उनी जयतु संस्कृतम आन्दोलनमा पनि सक्रिय थिए ।
२४ चैत्र २०८१, सोमबार ०७:१६ प्रकाशित