१२ चैत्र, कोहलपुर । मरणोपरान्त शरीर दानको घोषणा गरेकी माओवादी केन्द्रको सदस्य, सहिद स्मृतिकेन्द्रको आजिवन सदस्य तथा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार ओमप्रकाश सापकोटा (प्रयत्न) को जीवन संगिनी सावित्री सापकोटाको देहावसान भएको छ । विगत चार महिनादेखि अस्वस्थ रहँदै आएकी सापकोटाको काठमाण्डौंस्थित सिभिल अस्पतालमा उपचारको क्रममा साेमबार मृत्यु भएको हो ।
कोहलपुर नगरपालीका वडा नं. १२ निवासी सापकोटाले दुई वर्ष अगाडी नै आफ्नो मृत्युपछि शरीर दान गर्ने घोषणा गरेकी थिईन । स्वर्गिय सापकोटासँगै उनका श्रीमान केसीले समेत मरणोपरान्त शरीर दान गर्ने घोषणा गरीसकेका छन । यसकालागी लर्डबुद्ध एजुकेशनल एकेडेमी लि. र आफुहरुबिच सहमती समेत भएको केसीले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उक्त सहमती बमोजिम आज लर्डबुद्ध एजुकेशनल एकेडेमी लि. द्धारा संचालित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल चिसापानीलाई शव हस्तान्तरण गरीएको मृतकका श्रीमान केसीले जानकारी दिए ।
सापकोटाको पार्थिव शरीरलाई चिकित्साशास्त्रका जिज्ञासु र विद्यार्थीले अध्ययन अनुसन्धान गर्न मिल्नेगरी शिक्षण अस्पताललाई हस्तान्तरण गरीएको हो । मृतकका छोरा दिपक सापकोटा केसीले आमाको ईच्छा बमोजिम शव अस्पताललाई हस्तान्तरण गरेका हुन ।
बाँकेमा सम्भवत मृत शरीर दान गरीएको यो पहलो घटना हो ।
शरीरदानको कानुनी व्यवस्था
नेपालको मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले कुनै पनि व्यक्तिले आफ्नो मृत्युपछि शव वा अङ्ग दान गर्न पाउने व्यवस्था गरेको छ।
उक्त ऐनको दफा ३८ को उपदफा (१) मा भनिएको छ, ‘कुनै पनि व्याक्तिले आफ्नो मृत्युपछि आफ्नो शव, शरीरको कुनै अङ्ग वा त्यसको कुनै अंश खास कामको लागि प्रयोग गर्न वा गराउन दान दिने गरी लिखित रुपमा इच्छा व्यक्त गर्न सक्नेछ।’
त्यस्तै उपदफा (२) मा, ‘उपददफा (१) बमोजिम इच्छा व्यक्त भएकोमा हकवालाले पनि मर्ने व्याक्तिको शव, शरीरको अङ्ग वा त्यसको अंशको प्रयोग मर्ने व्यक्तिको इच्छा बमोजिम गर्नुपर्नेछ’ भनिएको छ।
तर दान गरिएको शरीर कुनै प्रयोजनका लागि प्रयोग हुन नसक्ने अवस्थामा त्यसलाई दाहसंस्कार गर्नुपर्ने व्यवस्था उक्त दफाको उपदफा (३) मा व्यवस्था गरिएको छ।
११ चैत्र २०८१, मंगलवार १७:१५ प्रकाशित