एमाले कार्यकर्ताद्धारा कार्यकक्षमै कुटिए प्राधिकरणका हाकिम
  • काँचुली खबर

१२ चैत्र, चितवन । नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रमा लफडा भएको छ । सत्ताको नेतृत्व गरिहरको दल नेकपा (एमाले) का कार्यकर्ताले कार्यालय प्रमुख रामु श्रेष्ठलाई कुटपिट गरेका छन् ।

कार्यालयको डिजिटल बोर्डमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गरिएको शब्द डिस्प्ले भएपछि उनीहरुले श्रेष्ठलाई कार्यकक्षमै कुटेका हुन् । डिजिटल बोर्डको डिस्प्लेमा हिजो अपरान्ह ‘केपी चोर, देश छोड’ भन्ने शब्द देखिएको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उक्त बोर्डमा सन्देश तथा शब्द लेख्ने अधिकार (पासवर्ड) कार्यालय प्रमुख श्रेष्ठसँग मात्रै रहेको बताइन्छ । यद्यपि, श्रेष्ठले भने कार्यालयका अन्य कर्मचारीलाई पनि पासवर्ड थाहा भएको र ह्याक गरेर ती शब्द लेखिएको हुनसक्ने बताएका छन् ।

डिस्प्लेमा प्रधानमन्त्रीविरुद्ध कसरी त्यस्तो लेखियो र कार्यकक्षमै कुटपिटको अवस्था उत्पन्न भएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए ।

  • ११ चैत्र २०८१, मंगलवार १४:४१ प्रकाशित
  • Nabintech