नौवस्ता औद्योगिक क्षेत्रमा रहेका टहरा हटाउन सुरु
  • काँचुली खबर

११ चैत्र, कोहलपुर । बाँकेको नौवस्ता औद्योगिक क्षेत्र अतिक्रमण गरी बनाएका घर टहरा हटाउन सुरु गरिएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा लुम्बिनी प्रदेश स्तरीय ‘नौवस्ता औद्योगिक क्षेत्र’ निर्माण गरिँदै छ । जग्गा सिमांकन गर्न खोज्दा यसअघि विवाद भएको थियो । औद्योगिक क्षेत्रको जग्गा सिमाङ्कनमा विवाद उत्पन्न भएपछि गत बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सोमबारबाट जग्गा सिमांकन गर्ने सहमति गरेको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जग्गाको सिमांकन स्वरूप सोमबार मानव बस्ती र औद्योगिक क्षेत्रको जग्गाको बिचबाट बाटो खोल्न र अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरिएको हो । औद्योगिक क्षेत्र निर्माण स्थलमा अहिले दुई वटा जेसिबी प्रयोग गरेर ठाउँ खाली गराउन सुरु गरिएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले सर्वदलीय र सर्वपक्षीय निर्णय अनुसार खाली गराउन सुरु गरिएको बताए ।

‘स्थानीय बासिन्दालाई सम्झाउने बुझाउने काम पनि गरेका छौँ,’ ओलीले भने ‘औद्योगिक क्षेत्रको एरिया बाहेक हामीहरू बाहिर जाँदैनौँ ।’

घर, टहरा हटाउन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  • १० चैत्र २०८१, सोमबार १३:१२ प्रकाशित
  • Nabintech