१० चैत्र, नेपालगन्ज । बाँकेमा पानी पानी टयाङ्करले ठक्कर दिँदा दुई बालकको मृत्यु भएको छ । भे १ ख ४१०७ नम्बरको ठक्करबाट आईतबार बिहान डुडुवा गाउँपालिका-२ का स्थानीय ९ वर्षीय शिउकुमार गोदिया र आठ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए ।
घटनापछि आक्रोशित भएका स्थानीयले टयाङ्करमा आगजनी गरेका छन् । आगजनीबाट गाडी पूर्ण रूपमा क्षति भएको छ । अहिले पनि आगजनी र तोडफोड भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशिले स्थिति नियन्त्रण बाहिर रहेकाले केही राउण्ड हवाइ फायर गर्नुपरेको बताए । “घटनाको सबै विवरण अझै आइसकेको छैन तर स्थिति नियन्त्रण बाहिर छ”, उनले भने ।
यसैबिच घटनाको बिरोधमा स्थानीयले बेतहनी प्रहरी चौकीमा आगजनी गरेका छन । पानी बोक्ने ट्याङ्करले दुई जना बालकलाई ठक्कर दिदा ती बालकको ज्यान गएपछि आक्रोशित स्थानीयले गरेको सडकजामले चर्को रुप लिदा पुलिस चौकीमा आगजनीसम्म हुन पुगेको हो ।
ट्याङ्कर जलाए पछि पनि पुलिसले दोषीलाई सार्वजनिक नगरेको र नागरिकलाई न्षाय नदिएको भन्दै आक्रोशित भीडले चौकीमा आगजनी गरेको श्रोतले जानकारी दिएको छ ।
बेतहनीमा नागरिक आक्रोशित भएर पुलिस अफिस नै जलाएपछि त्यहा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ ।
९ चैत्र २०८१, आईतवार १९:२० प्रकाशित