बैजनाथमा ३० दिने मोटर ड्राईभिङ्ग तालिम सुरु
  • काँचुली खबर

९ चैत्र, काेहलपुर । बाँकेको बैजनाथ गाँउपालिकामा ३० दिने मोटर ड्राईभिङ्ग तालिम सुरु भएको छ । बैजनाथ गाउपालिकाको आर्थिक सहयोग र न्यू मामा भान्जा मोटर ड्राईभिङ्ग टेनिङ्ग सेन्टरको आयोजनामा ३० दिने मोटर ड्राईभिङ्ग तालिम सुरु भएको हो ।

शनिवार एक कार्यक्रमका बीच बैजनाथ गाउपालिका अध्यक्ष प्रकाश शाहले तालिमको उदघाटन गर्दै शिप मुलक स्वरोजगार र आत्मनिर्भर बनाउने उद्धेश्यले स्थानीय सरकारले महत्वको साथ युवा लक्षित तालिम सञ्चान गरेको बताए । उनले वेरोजगारिका कारण युवाहरु वैदेशिक रोजगारिमा जाने क्रम बढेको बताउँदै स्वदेशमै शिप मूलक तालिम प्रदान गरि आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

तालिममा सहभागि प्रशिक्षार्थीहरुले तालिम पश्चात तालिमबाट सिकेको शिप दृढतापूर्वक व्यवहारमा कार्यान्वयन गरि स्वरोजगार बन्ने समेत आशा व्यक्त गरे ।

यसैबीच बैजनाथ गाउपालिका उपाध्यक्ष निर्मला रोकायाले तालिमा सहभागि सवै प्रशिक्षार्थीहरु दक्ष रुपमा सवारी चलाउन सक्ने र जिविकोपार्जनमा तालिम कोसेढुंगा सावित हुने बताइन । पालिका स्तरमा रहेका युवाहरुलाई लक्षित गरि आयोजना गरिएको  तालिमले गुणस्तर सहितको शिप सिकाईले स्वदेशमै केहि गर्न सकिन्छ भन्ने उर्जा प्रदान गर्ने बताईन ।

बैजनाथ गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले सबै सहभागिहरुलाई नियमित रुपमा तालिममा सहभागि हुन आग्रह गर्दै स्थानीय सरकारले गरेको लगानीलाई प्रतिफल दिनुपर्ने बताए । व्यवसायिक शिप सिकाइले रोजगारि समेत सृजन गरी आत्मनिर्भर बनाउन मद्धत पुग्ने बताए ।

कार्यक्रम तालिम आयोजक संस्था न्यू मामा भान्जा  मोटर डाईभिङ्ग टेनिङ्ग सेन्टरका सञ्चालेक दिपक केसीकाे अध्यक्षतामा सम्पन्न भएको थियो । तालिममा प्रत्येक वडाबाट ५ जनाका दरले ४० जनाको सहभगिता रहने केसीले बताए ।

  • ८ चैत्र २०८१, शनिबार २०:५० प्रकाशित
  • Nabintech