बाँकेकी आचार्य सहित पाँच जनालाई ‘बीडी त्यागी सम्मान’को घोषणा
  • काँचुली खबर

९ चैत्र, काठमाडौं । बी.डी. त्यागी स्मृति केन्द्रले नेपाली साहित्यका पाँच प्रतिभालाई बी.डी. त्यागी स्मृति सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले साहित्यकार किरण आचार्यलाई १०१ सिक्काको थैलीसहितको ‘बी.डी. त्यागी स्मृति पुरस्कार २०८२’, पत्रकार तथा लेखक निर्मलकुमार आचार्यलाई ‘बी.डी. त्यागी योगदान सम्मान २०८२’, साहित्यकार प्राध्यापक जगतप्रसाद उपाध्याय प्रेक्षितलाई ‘बी.डी. त्यागी स्मृति सम्मान २०८२’ र साहित्यकार रूपा रिसाललाई ‘बी.डी. त्यागी प्रतिभा सम्मान २०८२’ प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

त्यस्तै, साहित्यमा नलागे पनि त्यसको श्रीवृद्धिमा योगदान दिने व्यक्तिलाई प्रदान गरिने ‘बी.डी. त्यागी नेपथ्य सम्मान २०८२’ डा. राजेशराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त सम्मान तथा पुरस्कार उपन्यासकार शंकर भारतीको संयोजनमा गठित निर्णायक समितिले सिफारिस गरेको केन्द्रका महासचिव साहित्यिक पत्रकार निबन्ध आचार्यले जानकारी गराएका हुन् ।

  • ८ चैत्र २०८१, शनिबार १४:१० प्रकाशित
  • Nabintech