९ चैत, काठमाडौं । मासुको लागि मान्छेहरु कतिसम्म मरिहत्ते गर्छन् ? कुन हदसम्म अपराध गर्न तयार हुन्छन् ? कल्पना गर्न नसकिने इलामको एउटा घटनाले देखाउँछ ।
घटना इलामको सूर्योदय नगरपालिका ६ कन्यामको हो । त्यहाँ गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ । उक्त गोरुको एकापाटा फिलाको भाग नै छैन । हड्डीसम्म खुर्किएर मासु निकालिएको छ । करिब चार किलो मासु निकालेर लगेको स्थानिय संचारकर्मी गोपाल गिरीले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले फिला काटिएको गोरुको भिडियो कन्यामपोस्टमा राखेका थिए । ‘एकदमै क्रुरतापूर्वक जिउँदै गोरूको फिला काटिएको छ’ उनले भने, ‘हेर्न पनि नसकिने यस्तो काम कसले गर्यो पत्ता लगाउन सकिएको छैन ।’ उक्त गोरु स्थानिय राम राईले पालेका थिए ।
सो गोरुको यसअघि पनि फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो । लामो समयपछि गोरु बिस्तारै तंग्रिदै थियो । तर, फेरि उसैगरी गोरुको फिलाको मासु काटेर लगेको गिरीले बताए । गोरु धनी राई बिहान गोठमा जाँदा गोरु मरिसकेको थियो ।
यसअघि उनै राईको एक हल गोरुको फिला काटेर लगेको थियो । त्यसमध्ये एउटा गोरु पनि मरिसकेको छ ।
आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए । तर, उनीहरुले यसको संकेत पाउन नसकिएको भन्दै घटनालाई सामसुम बनाएका थिए ।
के भन्छन् गोरुधनी राई ?
म कन्यामको यस ठाउँमा बनिबुतो गरेर बस्छु । अर्काको जग्गा भाडामा लिएर बसिरहेको छु । म बस्ने ठाउँ र गोठको दूरी करिब सय मिटरको छ । तर, गोठ भएको जग्गा अलि कोल्टे भएकाले त्यहाँ भएको कुरा घरमा थाहा पाउन सकिदैन । अस्तिको राती पनि म गोठमा घाँस खोले दिएर फर्किएको थिएँ ।
बिहान घाँस हाल्न जाँदा गोरुको एउटा फिला पुरै काटेर मासु लगेको देखें । त्यो गोरुको यसअघि पनि फिला काटिएको थियो । घरेलु उपचार गरेर निको बनाएँ । बल्लतल्ल निको हुँदै थियो, फेरी फिला नै काटेर लगेछ । गोरु बचाउन सकिएन । यसअघि पनि मेरो एक हल गोरुको फिला काटेर लगिएको थियो । एउटा कालो रंगको गोरुको दुई पटकसम्म काटियो, जसलाई हामीले बचाउन सकेनौं ।
यस सम्बन्धमा मैले प्रहरीलाई खबर गरें । उनीहरुले भिडियो खिचेर राख्नु मात्र भने, अरु कारबाही नै गरेनन् । स्थानिय प्रतिनिधिहरुले पनि कारबाहीको लागि खासै पहल गरेनन् । यहाँ मेरो मात्र होइन, अरुको पनि यस्तै भइरहेको छ । केही समयअघि जिउँदै खसीको मासु यसरी चोरिएको थियो । केही युवाहरुमाथि धेरैले शंका गरेका थिए । उनीहरुलाई पक्राउ गरेर पनि कारबाही नगरी छाडियो । खै किन हो थाहा भएन ।
अनलाईनखबरबाट
८ चैत्र २०८१, शनिबार १३:१७ प्रकाशित