देउवालाई प्रचण्डले भने, “अहिले प्रधानमन्त्री बन्दिनँ, तपाईं नै बन्नुहोस्”
  • काँचुली खबर

८ चैत्र, काठमाडौँ । प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन्।

केही दिनअघि सभापति शेरबहादुर देउवाले प्रचण्डलाई आफ्ना एक विश्वासपात्र नेतामार्फत ओलीको विकल्पमा प्रधानमन्त्री बन्न प्रस्ताव पठाएका थिए। उक्त प्रस्तावलाई अस्वीकार गर्दै दाहालले देउवालाई अघि बढ्न आग्रह गरेका थिए।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

भित्रभित्रै भइरहेका राजनीतिक घटनाक्रमलाई संकेत गर्दै शुक्रबार पूर्वप्रधानमन्त्री दाहालले आफू २०८४ सालसम्म सरकरको नेतृत्व नगर्ने सार्वजनिक रुपमै अभिव्यक्ति दिएका छन्।

पार्टीले सञ्चालन गरेको तराईं मधेस अभियानका क्रममा वीरगञ्ज पुगेका दाहालले अहिले आफू प्रधानमन्त्री बन्न इच्छुक नभएको बताएका हुन्। दाहालले सत्ता परिवर्तन हुने संकेत गर्दै ‘केही न केही हुन्छ’ भन्ने दाबी गरेका छन्।

पत्रकारहरुको जिज्ञासमा दाहालले भने, ‘मैंले प्रष्टसँग भनेको छु। २०८४ सम्म म प्रधानमन्त्री बन्दिनँ। जनतासँगै रहन्छु। जनताका समस्या लिएर सदनमा बोल्छु। तर प्रधानमन्त्री हुने रेसमा कम्तिमा २०८४ सम्म म छँदै छैन। यो भ्रम कसैलाई नरहोस्। केही न केही हुन्छ भनेर विविध कारणले भनेको छु। तपाईंहरु आफैँले पनि अध्ययन गर्न सक्नुहुन्छ। यसलाई ठूलो कुरा नठान्नुहोस्।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा सहभागी कांग्रेसमा भित्रभित्रै असन्तुष्टि चुलिँदै गएको छ। भारसँगको सम्बन्ध सुधारका लागि कांग्रेस नेत्रीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणाको प्रयास एकपछि अर्को असफल हुँदै आएपछि कांग्रेसमा ओलीसँग धेरै लामो सत्ता सहकार्य गर्न नसकिने मत बलियो हुँदै गएको छ।

देउवाको दूतका रुपमा दाहाललाई भेटेका कांग्रेसका ती नेताले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि लगत्तै छलफल गरेको स्रोतले बतायो।

देउवा, दाहाल र नेपालबीच संवाद सुरु भएसँगै दाहालले ओलीसँग कुरा गर्नसमेत बहानाबाजी बनाउन थालेका छन्।

बिहीबार संसदमा प्रधानमन्त्री ओलीले विपक्षी दलका नेतासँग भेट्न खोजेको तर स्वास्थ्यमा समस्या भएकाले समय नपाएको आफूले जवाफ पाएको बताएका थिए।

संक्रमणकालीन न्यायसम्बन्धी प्रश्नमा ओलीले भने, ‘शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्ग्याउन सरकार प्रतिबद्ध छ। यसमा अहिले पनि म प्रयासरत छु। विपक्षी दलका नेतासँग सम्पर्क गर्न खोज्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क हुन नसकेको भन्ने जवाफ पाएको छु। सम्पर्क हुनेबित्तिकै काम अघि बढाइनेछ।’

ओलीको भेट्ने प्रस्तावलाई स्वास्थ्यमा समस्या देखाउँदै नमानेका दाहाल भने मंगलबार सुटुक्क चितवन पुगेका थिए। प्रधानमन्त्रीलाई स्वास्थ्यको समस्या देखाउँदै भेट्न नमानेका दाहाल चितवन पुगेर भने कार्यकर्तासँग फुर्तिलो रुपमा मर्निङवाक गरेको भिडियो छोरी गंगाले सार्वजनिक गरेकी छन्।

दाहालको प्रत्येक क्षणको गतिविधि सार्वजनिक गर्न चुस्त सचिवालयले चितवन भ्रमणबारे भने केही जानकारी बाहिर ल्याएन।

चितवनमा हुँदा दाहालले केही राजनीतिक भेटघाटसमेत गरेको बताइएको छ। अध्यक्ष प्रचण्डको हरेक गतिविधि सार्वजनिक गर्ने सचिवालयले चितवन भ्रमण भने गोप्य राख्न खोजेको छ। उनी चितवनबाटै पार्टीले सञ्चालन गरेको अभियान अघि बढाउन बुधबार दिउँसो बारा गएका थिए।

प्रचण्ड ओली नेतृत्वको सरकारप्रति आक्रामक बन्दै गएका छन्। शुक्रबार वीरगञ्जमा उनले माओवादी सरकारमा हुँदा र बाहिर हुँदा फरक नभएको दाबी गरे। सरकारमा हुँदा माओवादीले ठूला ठूला भ्रष्टाचार काण्डमाथि छानबिन गरेको, नागरिकताविहीनको घाउमा मल्हमपट्टी लगाउने काम गरेको, आर्थिक विकासका लागि पहल गरेको दाबी गरे।

दाहालले ओली सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको आरोप लगाए।

उनले भने, ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ। उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने मात्रै भएको छ। राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो। त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ।’

  • ७ चैत्र २०८१, शुक्रबार १६:१० प्रकाशित
  • Nabintech