वागेश्वरी क्याम्पसमा अखिल (क्रान्तिकारी)को संगठन दर्ता
  • काँचुली खबर

७ चैत्र, कोहलपुर । आसन्न स्ववियु निर्वाचनकालागी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा संगठन दर्ता गराएको छ।

यहि चैत १८ गते हुने मध्यपश्चिम् विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनकालागि अखिल (क्रान्तिकारी) ले आज संगठन दर्ता गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

निर्वाचनकालागी आज (बिहिबार) मध्यपश्चिम् विश्वविद्यालयका सबै आङ्गिक क्याम्पसहरूमा विद्यार्थी संघ-संगठन दर्ताको कार्यक्रम तय गरीएको थियो । सोही अनुसार कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले संगठन दर्ता गराएको अखिल क्रान्तिकारी बाँकेका सचिव लक्ष्मण मानवले जानकारी दिए ।

विद्यार्थीहरूको आवाजलाई मजबुत बनाउन, शैक्षिक सुधार ल्याउन र सामाजिक मुद्दामा सक्रिय भूमिका खेल्न तथा क्याम्पसका विद्यार्थीहरूको भविष्य, शैक्षिक वातावरणलाई सशक्त बनाउन अखिल क्रान्तिकारी बागेश्वरी बहुमुखी क्याम्पसले आगामी स्ववियु निर्वाचनमा सक्रिय रूपमा सहभागिता जनाउने तयारी गरेको मावनले बताए ।

७ चैतमा नै मतदाता सूची प्रकाशित गर्ने र ८ चैतमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तालिका विश्वविद्यालयले सार्वजनिक गरेको छ । तालिका अनुसार ८ चैतमै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ र १० चैतमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ ।

प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय ११ चैतका लागि तोकिएको मध्यपश्चिम् विश्वविद्यालयको सूचनामा उल्लेख गरीएको छ ।

चैत १२ गते दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ। सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्नका लागि मिति तोकिएको छ छ भने उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय १३ चैत तोकिएको छ ।

  • ६ चैत्र २०८१, बिहीबार १८:४६ प्रकाशित
  • Nabintech