भूकम्प पीडितको नाममा आएको राहत जलाएर नष्ट गरीयो
  • काँचुली खबर

७ चैत्र, जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले राहतमा बदमासी गरेको पाईएको छ । भूकम्प पीडितका नाममा आएको राहत सामग्री समयमै वितरण नगर्दा म्याद सकिएपछि जलाईएको छ । विभिन्न संघ संस्था, व्यक्ति, सरकार, दातृ निकायले भूकम्प पीडितलाई वितरण गर्नु भनेर राहत दिएका थिए ।

तर बुधबार नगरपालिकाले केही राहत सामग्री म्याद सकिएको भन्दै फोहोर संकलन गर्ने ट्याक्टरमा हालेर नष्ट गरेको छ । बिस्कुट, चिउरा, चाउचाउ, भुजा र लत्ताकपडा नष्ट गरेको हो । लत्ता कपडामा स्वीटर, ज्याकेट, सारी, टिर्सट समेत जलाईएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

१७ कार्तिक २०८० मा बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोटमा ठूलो क्षति ग¥र्यो । सयौं नागरिकले ज्यान गुमाए । उस्तै संख्यामा घाइते भए ।

हजारौं घरमा क्षति पुगेको थियो । भूकम्पको वेला तत्कालिन राहतका सामग्री नगरपालिकाले समयमा वितरण नगर्दा अहिले नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको छ । भेरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष वीरबहादुर चन्दले भने, ‘हाम्रा नागरिकहरु कति साझ विहानको छाक टार्न निकै गाह्रो छ, पालिकाको स्टोरमा कन्टोलको हिसावले चामल थन्काईएको थियो ।’

‘हामीले कुरा उठाउदा सुनुवाई हुने अवस्था थिएन्’, उनले थपे, ‘विशेष गरेर पालिकाको प्रमुख र कर्मचारीले आसेपासे र आफ्नोलाई दिने मेसो नमिलेपछि यसो भाको सत्य हो, मलाई ठ्याक्कै जानकारी छैन् तर त्यहाँ भएको चामल लगायतका सामग्रीको म्याद गएको कुरा सत्य हो ।’ वडाध्यक्ष चन्दका अनुसार नगरपालिकामा रहेको चामलको समेत म्याद सकिएको छ ।

नगरपालिका उप प्रमुख सीता जैसीले हामीले सोधेको प्रश्नमा भनिन्, ‘खै मलाई थाहा भएन, मलाई सन्चो नभएर घरमै छु, ३-४ दिन अगाडि त मैले १२-१५ जना दिदीबहिनी बोलाएर दिन पठाएकी हुँ, अब छैन भन्थे म सँग खै क्या गर्छन्, त्यो पालिकाका मान्छेले ?’

यता, नगरपालिका विपद् शाखा प्रमुख यज्ञराज गौतमले म्याद गुज्रिएका केही राहत सामग्री नष्ट गरिएको स्वीकार गरे । उनले भने, ‘हामी सबै बसेर काम नलाग्ने, म्याद सकिएका खाद्यान्नहरु नष्ट गरेका छौं, पछि पनि काम लाग्ने गरी केही खाद्यान्न राखेका थियौं, म्याद सकिएछ, ति सामग्री नष्ट गरेका हौं ।’

‘विभिन्न संघसंस्था तथा विद्यार्थी संगठनहरुले उपलब्ध गराएका पुराना कपडाहरु राखेका थियौं’, उनले भने ‘कुनै नागरिकले नलिएपछि हामीले फालिदिएका छौं, काम नलाग्ने खालका कपडा फालेका छौं ।’ चाउचाउ लगायतका खाद्यान्न राहत सामग्रीको म्याद सकिएपछि बोरामा हालेर फालिएको प्रमुख गौतमले बताए ।

अहिले नगरपालिकाले फाल्ने राहत सामग्री त्यतिवेला भूकम्पपीडितलाई वितरण गर्न नसक्नु नगरपालिकाको बदमासी भएको नागरिकको बुझाई छ । नगरपालिकाले नागरिकलाई प्राथमिकतामा राख्नुपर्नेमा राहत थन्क्याएर जलाउनु निकै दुःखद कुरा भएको नागरिक समाजको बुझाई छ ।

राहत वितरणमा ढिलासुस्ती गरी अहिले फाल्नुभन्दा त्यतिबेलै भूकम्प पीडितलाई दिँदा राम्रो थियो । कतिपय भूकम्प पीडितले जाडोकै कारण ज्यान गुमाउनु परेको थियो । स्थानीय सरकार जनताप्रति उत्तरदायी हुन आवश्यक छ ।

  • ६ चैत्र २०८१, बिहीबार १४:०० प्रकाशित
  • Nabintech