बाँकेका तीन क्याम्पसमा मतदान जारी, एकमा स्थगित
  • काँचुली खबर

५ चैत्र, नेपालगन्ज। बाँकेका चारमध्ये तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा दुई ठूला संगठन नेविसंघ र अनेरास्ववियु एकल र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी माओवादी घटकमा रहेका सबै संगठनको गठबन्धन मैदानमा छ ।

पुरानो र पश्चिम नेपालकै चर्चित क्याम्पस महेन्द्र बुहुमुखी क्याम्पस, नेपालगन्जमा बिहानैदेखि मतदान सुरू भएको विद्यार्थी संगठनले जनाएका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जलमा चार हजार ६ सय ६० जना मतदाता रहेकोमा नेविसंघ र अनेरास्ववियू एक्लाएक्लै चुनावमा होमिएका छन् भने माओवादी निकट अखिल क्रान्तिकारीले विप्लव, एकीकृत समाजवादी निकट अनेरास्ववियू र धर्मेन्द्र वास्तोला निकट अखिल क्रान्तिकारीसँग गठबन्धन बनाएको छ । त्यसैगरी नागरिक विद्यार्थी, नयाँशक्ती र अर्को एक संगठनले छुट्टै थठबन्धन गरे चुनावमा उत्रिएको छ ।

गएको चुनावमा अनेरास्ववियुले जितेको नेपालगन्जमा अनेरास्ववियुको नेतृत्व केशरजंग शाह, नेविसंघबाट सन्तोष रावल र क्रान्तिकारीको नेतृत्व हरेन्द्रबहादुर विकले गरेका छन् ।

नेपालगन्जको नर्सिङ क्याम्पसमा पनि सरकारी गठबन्धन प्रतिस्पर्धामा उत्रिएका छन् । यहाँ २ सय ४२ जना मतदाता रहेका छन् । खजुराको ज्ञानोदय पब्लिक बहुमुखी क्याम्पसमा सत्ताधारी ठूला दलको गठबन्धन बनेको छ । यो क्याम्पसमा २ सय १ जना मतदाता रहेका छन् ।

राप्तीसोनारीको जनसिद्देश्वरमा चुनाव स्थगित भएको छ । ७६ जना मतदाता रहेको यहाँ १२ जना फर्जी विद्यार्थी हालेको नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलले आरोप लगाएको छ ।

  • ४ चैत्र २०८१, मंगलवार १३:५२ प्रकाशित
  • Nabintech