गठबन्धन गर्दा समेत चुनाव हार्ने निश्चित भएपछि अखिल र नेविसंघले निर्वाचन भाँडे : अखिल क्रान्तिकारी
  • काँचुली खबर

४ चैत्र, काेहलपुर । बाँके राप्ती सोनारीमा रहेको जन सिद्धेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको विरुद्ध नेपाली काँग्रेस निकट नेविसंघ र एमाले निकट विद्यार्थी सङ्गठन अखिल प्यानल बनाएर निर्वाचनमा होमिएको भएपनि नेविसंघ र अखिलको अवरोधका कारण निर्वाचन अन्तिम समयमा स्थगित भएको हो ।

नेविसंघ र अखिलले गठबन्धन गरेर चुनाव लड्दा समेत हार्ने निश्चित भईसके पछि निर्वाचन भाँडेको अखिल क्रान्तिकारीले बताएको छ । अखिल क्रान्तिकारीको तर्फबाट अध्यक्षकी उम्मेदवार माया थारूले दाबी विरोध लगायत सम्पूर्ण प्रक्रिया पुरा भईसकेको तथा विधिसम्वत् तवरले रजिष्ट्रेसन फर्म भरेर भर्ना भएका विद्यार्थीलाई फर्जी विद्यार्थीको अनावश्यक आरोप लगाइएको ​​​​​​​बताइन । उनले अविलम्ब तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने समेत माग गरिन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सयुक्त प्यानल बनाएका अखिल र नेविसंघले मतदाता नामावली फर्जी नामावली समावेश गरिएको आरोप लगाएका छन ।

निर्वाचन अधिकृत सोमनाथ थारूले नामावलीका विषयमा विवाद भएपछि निर्वाचन स्थगित गरिएको बताए ।

  • ३ चैत्र २०८१, सोमबार २१:२० प्रकाशित
  • Nabintech