४ चैत्र, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका-६, असमानपुरस्थित जयन्दु बाल सुधारगृहमा बालबन्दीबिच भएको कुटाकुट, विवाद र आगजनी जस्ता घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले शनिबार बाल सुधारगृहमा भएका सबै घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षकको कमान्डमा आइतबार प्रहरीको एक टोली खटाइएको बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले प्रहरीको सो अनुसन्धान टोलीले घटनाको समग्र अनुसन्धान गर्नुका साथै बालबन्दीले बाहिर निस्केर गरेको लुटपाट, बाल सुधारगृह तथा प्रहरीलगायत बाल सुधारगृहका कर्मचारीको सवारीसाधनमा गरिएको आगजनीलगायतका घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको बताए ।
जयन्दु बाल सुधारगृहको अवस्था आइतबार र साेमबार शान्तिपूर्ण रहेको जनाउँदै प्रहरी प्रवक्ता डिएसपी पातलीले सो घटनामा घाइते भएका २१ जना बालबन्दीलाई उपचारपछि फिर्ता ल्याइएको बताए । सोही घटनामा घाइते भएका तीन जना प्रहरीलाई पनि डिस्चार्ज गरिएको छ । घटनामा घाइते भएका केहीको उपचार स्थानीय स्वास्थ्य चौकीमा अझै भइरहेको प्रहरीले जनाएको छ ।
३ चैत्र २०८१, सोमबार १४:३२ प्रकाशित