बाँके निकुञ्जको ५० हेक्टर क्षेत्रफलमा घाँसे मैदान विस्तार गरिने
  • काँचुली खबर

३ चैत्र, नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाइने भएको छ । सो निकुञ्जमा बाघको आहारा बढाउनका लागि घाँसेमैदान क्षेत्र विस्तार गर्न लागिएको हो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्जभित्र रहेको करौंती घाँसेमैदानको क्षेत्रलाई थप ५० हेक्टर क्षेत्रफलमा विस्तार गर्ने तयारी भइहेको बताए । उनले भने, “हामीसँग हालसम्म ४०० हेक्टर क्षेत्रफलमा घाँसेमैदान छन् । यहाँ रहेका २५ वटा बाघका लागि घाँसेमैदान क्षेत्र बढाउन सकिएमा बाघलाई आहार जुटाउन सहज हुन्छ । त्यही उद्देश्यले करौंतीघाँसे मैदानको ५० हेक्टर क्षेत्रफल बढाउने तयारीमा छौँ ।”

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रमुख संरक्षण अधिकृत कँडेलले बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको बताए । उनले बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको सङ्ख्या बढाउनेतर्फ पनि निकुञ्जले ध्यान केन्द्रित गरेको जानकारी दिए । यसका लागि मृग, चित्तल, चौका, बँदेल, रतुवालगायत वन्यजन्तुको संरक्षण सुरु गरिएको कँडेलको भनाइ छ ।

उनका अनुसार एउटा बाघले वर्षमा औसतमा ५० वटा सिकार गर्छ भने एक पटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ । जुन एक हप्तासम्मका लागि हुन्छ । त्यसैले बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको सङ्ख्या थप वृद्धिलगायत चुनौती रहेको उनले जनाए ।

निकुञ्जका अनुसार करौंतीघाँसे मैदानमा बाघको सहजताका लागि तीन वटा सोलार जडित पानीपोखरी र एउटा मचान समेत बनाइएको छ । बाँकेमा सन् २००८ देखि बाघ गणना सुरु भएको थियो । सो समयमा निकुञ्जमा बाघ देखिएको थिएन तर हाल यहाँ बाघको सङ्ख्या २५ पुगेको छ । उक्त निकुञ्जले बाँके, दाङ र सल्यानको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेको छ ।

यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिणपूर्व-पश्चिम राजमार्ग रहेको छ । जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण मानिएको यस निकुञ्ज क्षेत्रमा आठवटा इकोसिस्टम, १२४ वनस्पति प्रजाति, ३५ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचरहरू पाइन्छन् ।

११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चराहरू निकुञ्जभित्र रहेका छन् ।

  • २ चैत्र २०८१, आईतवार १५:०७ प्रकाशित
  • Nabintech