२८ फागुन, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं.१४ हवल्दारपुरमा रहेका अति विपन्न चिडिमार तथा खटिक परिवारले अव पक्की घर पाउने भएका छन् । कोहलपुर नगरपालिकाको विशेष पहलमा छिमेक सेवा समाज संस्थाले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि वर्षौदेखि छाप्रोमा सकसपूर्ण जीवन विताइरहेका उनीहरु पक्की घरमा वस्न पाउने भएका हुन् ।
नमूना वस्ती निर्माण कार्यक्रम अन्तर्गत पहिलो चरणमा ८ वटा घर निर्माण प्रारम्भ भएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बुधवार कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले मोलहे खटिकको घरको शिलान्यास गर्दै नमूना वस्ती निर्माण कार्यक्रमको सुभारम्भ गरेका छन् । उनले गरिव विपन्न परिवारहरुको जीवनस्तर माथि उठाउने स्थानीय सरकारको कर्तव्य भएकाले त्यहीअनुसार नमूना वस्ती निर्माण कार्यक्रम सुरु गरिएको बताए ।
‘छिमेक सेवा समाजले अन्य ठाउँमा पनि अति विपन्न तथा गरिव समुदायका लागि नमूना वस्ती निर्माण कार्यक्रम अन्तरगत आवास बनाउने गरेको रहिछ’ उनले भने, ‘हामीले प्रस्ताव गर्यौं । उहाँहरु तयार हुनुभयो । र, पहिलो चरणमा ८ वटा घरहरु निर्माण प्रारम्भ भएको छ ।’
हवल्दारपुरमा करिव २५/३० घरपरिवार चिडिमार र खटिक समुदायको बसोबास रहेको नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष नम बहादुर आलेले बताए । सामाजिक अभियान्ता एलबी कार्कीले असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी घर निर्माणको काम सुरु गरिएको बताए । संस्थाले दुई कोठे पक्की घर बनाइदिनेछ ।
वर्षौदेखि झुप्रोमा बस्दै आएका उनीहरु पक्की घर पाउने भएपछि खुसी भएका छन् । गर्मीयाममा जसोतसो दिनरात कटेपनि बर्षायाम र चिसोयाममा सकसपूर्ण अवस्था व्यहोर्नु परेको मोलहे खटिकले दुखेसो सुनाए ।
‘तीन पुस्तादेखि हामीले यस्तै समस्या खेप्दै आएका हौं । ‘नगर प्रमुख आफै आएर घरको शिलान्यास गरिदिएपछि पक्की घरमा वस्ने सपना पूरा हुनेभयो’ उनले खुशी हुँदै भने, ‘हाम्रो लागि रोजगारीको पनि व्यवस्था गरिदिनु पर्यो ।’
पहिलो चरणमा मोलहे खटिक, जोखन खटिक, मनोहर चिडिमार, राधे चिडिमार, ओम प्रकाश चिडिमार, माताप्रसाद कुर्मीलगायतको घर निर्माण गरिनेछ । नगर प्रमुख आचार्यले विस्तारै अन्य घरहरु समेत बन्ने बताए ।
२८ फाल्गुन २०८१, बुधबार १४:४२ प्रकाशित