बाँकेकी १७ वर्षिय किशाेरीलाई भारतमा बेच्ने प्रयास, तीन जना पक्राउ
  • काँचुली खबर

२८ फागुन, काेहलपुर । बाँकेको राप्ती सोनारी गाउँपालिका-७ विसम्भरपुर गाउँकी १७ वर्षीया किशोरीलाई भारतमा बेच्ने प्रयास गरेको खुलासा भएको छ । एक समूहले विभिन्न प्रलोभन देखाएर किशोरीलाई भारत लैजाने योजना बनाएको थियो।

राप्तीसोनारी-७ स्थित एक विद्यालयमा कक्षा १० मा अध्ययनरत किशोरीका अभिभावकलाई ‘तिम्रो छोरीलाई फाइदा हुने काम छ’ भन्दै झुक्याएर भारत लैजाने प्रयास गरेको खुलेको हो। तर, समयमै शंका उत्पन्न भएपछि किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेमा किटानी जाहेरी दर्ता गराएका छन्।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फागुन २४ गते किशोरीकी आमाले तीन जनाविरुद्ध जाहेरी दिएकी हुन्। जाहेरीमा राप्ती सोनारी-६ मोहनपुरकी २९ वर्षीया कल्पना रायमाझी, राप्ती सोनारी-७ का ४६ वर्षीय चिजमान भन्ने तेजु थारू र बाँके डुडुवा गाउँपालिका-३ हलबलडोलीका ३५ वर्षीय लल्लु भन्ने मोहम्मद इसरारुल हक खाँ संलग्न रहेको उल्लेख छ।

प्रहरीले जाहेरी दर्ता भएपछि तीनै जना आरोपितलाई नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम अनुसन्धान अघि बढाएको जनाएको छ।

  • २८ फाल्गुन २०८१, बुधबार ०८:४४ प्रकाशित
  • Nabintech