बाँकेमा मुर्रा राँगाबाट उत्पादन सुरु, पहिलो बेतमै पाडो जम्मीयो
  • काँचुली खबर

२७ फागुन, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट पाडापाडी उत्पादन सुरु भएको छ ।

कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट वीर्य सङ्कलन तथा उत्पादन गरी परीक्षणपश्चात भैँसीलाई कृत्रिम गर्भाधान गराइ पाडापाडी उत्पादन सुरु भएको बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गत वर्ष भारत सरकारले नेपाललाई अनुदानमा दिएको १५ वटा मुर्रा राँगामध्ये तीन वटा उन्नत जातका मुर्रा राँगा गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ल्याइएका छन् । तीनमध्ये दुई वटा राँगाबाट वीर्य सङ्कलन र उत्पादन हुँदै आएको छ ।

भारतीय मुर्रा राँगा ल्याइसकेपछि सङ्कलन र उत्पादन गरिएका वीर्यबाट कृत्रिम गर्भाधान गराएको भैँसीले पाडा उत्पादन गर्न सुरु गरेको पशु सेवा प्राविधिक जैसीले जानकारी गराए ।

“गत वर्ष कार्यालयमा ल्याइएका तीन वटामध्ये दुई वटा भारतीय मुर्रा राँगाबाट वीर्य सङ्कलन र उत्पादन गर्दै आएका छौँ, परीक्षणपश्चात भैँसीलाई कृत्रिम गर्भाधान गराएका थियौँ, भारतीय राँगाको पहिलो सन्तानका रूपमा एक जना किसानले पालेको भैँसीले पाडा उत्पादन गरेको छ, नेपालमा ल्याइएका १५ राँगामध्ये यो पहिलो उत्पादन हो” जैसीले भने ।

खजुरा गाउँपालिका-२ ‘एलगाउँ’ का किसान बमराज रेग्मीले पालेको भैँसीले भारतीय मुर्रा राँगाको वीर्यबाट पाडा उत्पादन गरेको हो । भारतीय राँगाको वीर्यबाट ब्याएको भैँसीले दूध उत्पादन पनि बढी हुने गरेको किसान रेग्मीले बताए ।

“मेरो यो भैँसी दोस्रो बेत हो, पहिलो बेतमा यति धेरै दूध पनि दिने थिएन, भारतीय मुर्रा राँगाको वीर्य कृत्रिम गर्भाधान गराएर ब्याएको भैँसीबाट अहिले दूधको मात्रा पनि बढेको छ, दूधमा फ्याटको मात्रा पनि धेरै छ” किसान रेग्मीले भने, “पाडी पाएको भए राम्रो हुन्थ्यो, पाडो पायो, अब यसलाई पालेर ब्याडका लागि प्रयोग गर्ने योजना बनाएको छु ।”

“पहिला यो भैँसी बेच्न खोजेको थिएँ, राँगो नलाग्ने, लागे पनि गर्भ नबस्ने समस्या थियो, पछि घरनजिकैको पशु प्रजनन कार्यालयमा भारतीय मुर्रा राँगा आएछ, पशु सेवा प्राविधिक सरसँग सल्लाह गरेर त्यही राँगाको वीर्य कृत्रिम गर्भाधान गराउने सल्लाह भयो, गर्भाधान पनि गराइयो र गर्भ पनि बस्यो, भैँसी पनि ब्यायो, खुसी छु ” उनले भने ।

पशु सेवा प्राविधिक जैसीले भारतीय उन्नत जातका राँगाको वीर्यबाट गर्भाधान भएर ब्याउने भैँसीभन्दा भैँसीले उत्पादन गरेका पाडीबाट हुने उत्पादन हुने जेनेरेसनले राम्रो दूध दिने बताए । उनले भने, “पहिलो गर्भाधानबाट ब्याएका भैँसीले पनि दूध उत्पादन त बढाउँछ नै, त्योभन्दा पनि बढी उस्ले उत्पादन गरेका सन्तानबाट हुने उत्पादनले झन धेरै दूध उत्पादन हुनेगर्छ ।”

उनका अनुसार गत वर्ष चैत २४ गते एनएम ९२ एमपी नामको भारतीय उन्नत जातको मुर्रा राँगाबाट कृत्रिम गर्भाधान गराइएको भैँसीले गत माघ २६ गते पाडा जन्माएको हो ।

कार्यालयले राँगा, साँढे र बोकाको वीर्य सङ्कलन, उत्पादन गरी पोँथी पशुचौपालाई गर्भाधान गराउँदै आएको कार्यालयका पशु विकास अधिकृत डा। खिमानन्द खनालले जानकारी दिए । उनले गत आर्थिक वर्षमा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार २४५ डोज जमेको वीर्य उत्पादन गरेको बताए । चालु आर्थिक वर्षमा एक लाख बढी डोज वीर्य उत्पादन गर्ने लक्ष्य कार्यालयले लिएको छ ।
गोरखापत्रबाट

  • २७ फाल्गुन २०८१, मंगलवार १७:०२ प्रकाशित
  • Nabintech