मधुवनको ४ नम्बर वडालाई बालविवाहमुक्त घोषणा
  • काँचुली खबर

फागुन २५, नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ४ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, बी ग्रुप, दलित महिला उत्थान केन्द्र, गुड नेबर्स इन्टरनेसनल र सोनाहा विकास समाजको सहकार्यमा मधुवनको वडा नम्बर ४ लाई आधिकारीक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सो वडालाई बालविवाहमुक्त वडा घोषणा गरेका हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सो अवसरमा बोल्दै मन्त्री तिमिल्सिनाले बालविवाह र महिला हिंसा रोक्नका लागि महिलाहरु आफै सक्रिय भएर अगाडी आउनुपर्ने बताए । उनले सानै उमेरमा बालबालिकाको बिवाह गर्दा बालबालिकालाई पर्ने सामाजिक र मानसिक असरले उनीहरूको विकास हुन नसक्ने र स्वास्थ्यमा प्रतिकुल असर पर्ने समेत बताए ।

मन्त्री तिमिल्सिनाले बालविवाह गरे, गराए त्यसलाई दण्डित गर्ने कानुन निर्माण भएकाले अब अभिभावक समेत सचेत हुन जरुरी रहेको बताए ।

त्यसैगरी सोही अवसरमा मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाट, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मीना पराजुली, नगरपालिकाका प्रवक्ता मेक बहादुर गुरुङ, कानुनी सल्लाहकार लक्ष्मी नेपाल, पालिकास्तरीय महिला सञ्जालका मन्जु शर्मा, वडा नम्बर ४ का वडा अध्यक्ष बलिराम थारु तथा महिला तथा बालबालिका एकाइका प्रमुख इन्दिरा चुनारा र शोभा शर्मा लगायतले बोल्दै २०८२ सालसम्ममा मधुवन नगरपालिकालाई बालविवाहमुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ काम गर्नु पर्नेमा जोड दिए ।

सो अवसरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी र रास्वपाका प्रतिनिधिहरु तथा बरघरले पनि मन्तव्य राखेका थिए ।

घोषणा समारोहमा विभिन्न समूहहरूद्वारा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो भने कार्यक्रममा हजार बढीको सहभागीता रहेको थियो ।

नेपाल सरकारले सम्पूर्ण स्थानीय तहलाई बालविवाह मुक्त घोषणा गर्नका लागि आह्वान गरे अनुसार अहिले बर्दिया जिल्लामा पनि बालविवाह मुक्त वडा घोषणा भइरहेका छन् । यसै क्रममा गुलरिया नगरपालिकाका १२ वटा वडालाई बालविवाह मुक्त वडा घोषणा गरिसकिएको छ ।

  • २५ फाल्गुन २०८१, आईतवार १६:४७ प्रकाशित
  • Nabintech