२५ फागुन, नेपालगञ्ज । पछिल्लो समय नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आईतबार बाँकेका पत्रकारहरुसँग अभिमुखिकरण गर्दै स्वास्थ्य कार्यालयले नसर्ने रोग र त्यसको अवस्थाको बारेमा जानकारी दिएको हो ।
खानपिन र सहरीया जिवनशैलीका कारण नसर्ने रोगको ग्राफ बढ्दै गएकाले स्वास्थ्य मन्त्रालयले नसर्ने रोगविरुद्धको सचेतिकरण अभियान संचालन गरेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
स्वास्थ्य मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगविरुद्धको सचेतिकरण अभियानका रुपमा मनाउन निर्देशन गरेसँगै जिल्लामा नसर्ने रोगको पहिचान र निदानका सवालमा कामहरु भइरहेको श्रेष्ठले बताए।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले नसर्ने रोग भयावह बन्दै गइरहेकाले सचेतना फैलाउन संचारकर्मीहरुलाई आग्रह गरिन् । उनले नियमित स्वास्थ्य चेकजाँच र खानपानमा विशेष सावधानी अपनाउन आग्रह गरिन् ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले संचारकर्ममार्फत नसर्ने रोगबारे समुदायस्तरमा सचेतना फैलाउनु पर्नेमा जोड दिए ।
जनस्वास्थ्य अधिकृत श्रेष्ठले नसर्ने रोगको अवस्था, नसर्ने रोगको प्रभावबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपस्थित पत्रकारहरुको स्वास्थ्य चेकजाँच समेत गरिएको थियो ।
२५ फाल्गुन २०८१, आईतवार १६:१४ प्रकाशित