राइजिङ स्टारले उचाल्याे काेहलपुर गाेल्डकपकाे उपाधि
  • काँचुली खबर

२४ फागुन, कोहलपुर । कोहलपुरमा सञ्चालित तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टार फुटबल क्लब रूपन्देहीले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा राइजिङ स्टारले आयोजक कोहलपुर रेसिङ साहारा क्लबलाई २-० गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कोहलपुर-२ स्थित तेह्र विगाह खेल मैदानमा सम्पन्न खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमै राइजिङका कप्तान विनोद केवटले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । लगत्तै दुई मिनेटको अन्तरमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले राइजिङको उपाधि पक्का गरेका थिए । राइजिङका कप्तान विनोद केवट  नै खेलको म्यान अफ द म्याच घोषित भए । उपाधिसँगै राइजिङले ट्रफीसहित नगद ८ लाख रुपैयाँ प्राप्त गरेको छ ।

उप-विजेता बनेको कोहलपुर रेसिङ साहारा क्लबले भने ४ लाख रूपैयाँ प्राप्त गरेको छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीको अवार्ड आयोजक रेसिङ साहारा क्लबका विनोद केसीले जिते । उनले ट्रफीसहित ५१ हजार प्राप्त गरे । राइजिङ स्टारका चेतन थारू वेष्ट डिफेन्डर, प्रतिक सुनार उत्कृष्ट गोलकिपर, सन्दिप केसी उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे । विधागततर्फ उत्कृष्ट बनेका उनीहरुले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

राइजिङ स्टारका विनोद केवट र काँक्रेविहार फुटबल क्लबका धनसिंह विक सर्वाधिक गोलकर्ता हुँदै नगद पाँच-पाँच हजार प्राप्त गरे ।

कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा फागुन १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा घाना र भारतीय क्लब सहित आठ टिमको सहभागिता रहेको थियो ।

  • २४ फाल्गुन २०८१, शनिबार २०:०७ प्रकाशित
  • Nabintech