पानी जहाजमा जागिर लाईदिने भन्दै बर्दिया र कैलालीका २ सय युवा ठगीए
  • काँचुली खबर

२१ फागुन, काेहलपुर । कैलाली र बर्दियाका करिब २ सय युवा ठगीको सिकार भएका छन्। पानी जहाजमा आकर्षक जागिर लगाइदिने भन्दै एक गिरोहले उनीहरूलाई झन्डै चार करोड रुपैयाँ ठगेको छ।

बर्दिया, राजापुर नगरपालिका-५ पहाडीपुरका ३६ वर्षीय हिमांशु चौधरी र कैलाली, जानकी गाउँपालिका पथरैयाका मनोज चौधरी ठगीमा संलग्न रहेको खुलेको छ। उनीहरूले गाउँ-गाउँमा आफ्ना एजेन्ट पठाई युवाहरूसँग सम्पर्क गरेका थिए।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गिरोहले युवाहरूलाई भारतको लखनउस्थित ‘समुद्री ज्ञान मारिन एकेडेमी’ मा पानी जहाजसम्बन्धी तालिमसमेत दिएको थियो। डेढ वर्षअघि पहिलो चरणमा १५ दिने सुरक्षा तालिम दिइएको थियो भने २०८१ सालको दसैँअघि दोस्रो चरणको दुई महिनाको थप तालिम प्रदान गरिएको थियो।

प्रत्येक पीडितले दुईदेखि पाँच लाख रुपैयाँसम्म बुझाएका थिए। कोहीले नगद तिरे भने कोहीले बैंक चेकमार्फत रकम दिएका थिए। तालिम पूरा गरेपछि २० दिनभित्र जागिरमा पठाइने आश्वासन दिइएको थियो।

तर, लामो समय बित्दा पनि जागिरको कुनै खबर नआएपछि युवाहरूले गिरोहको खोजी गरे। बर्दियाको राजापुरबाट हिमांशु चौधरीलाई समातेर जवाफ माग्दा उनले विभिन्न बैंक तथा वित्तीय संस्थाका चेक दिए। तर, ती चेक बाउन्स भएपछि युवाहरू ठगिएको थाहा पाए।

गिरोहले भारतको मुम्बई लगिएका ३० मध्ये २१ जना घर फर्किए पनि ९ जना अझै अलपत्र परेका छन्। पीडित अनुराग थारुले आफूहरूलाई मासिक डेढ लाख कमाइ हुने भन्दै लोभ्याइएको बताए। राम्रो अवसरको आशामा कतिपयले आफ्नो सानो व्यवसाय वा जागिर छोडेर गएको खुल्न आएको छ।

धेरै युवाहरूले वित्तीय संस्था र सहकारीबाट ऋण लिएर रकम बुझाएका थिए। जागिर नपाउँदा उनीहरू अहिले ऋणको ब्याज तिर्नसमेत असमर्थ भएका छन्। जानकी गाउँपालिका-८ भगरैयाका विष्णु चौधरीका अनुसार उनीहरूले इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया र टीकापुरमा उजुरी दिन खोजे। तर, प्रहरीले उजुरी लिन मानेन। पछि इलाका प्रशासन कार्यालय, टीकापुरमा पुगेपछि प्रशासनले श्रम विभागमा जान सुझाव दियो।

पीडितहरू न्यायको खोजीमा छन् तर सम्बन्धित निकायबाट सहयोग नपाउँदा थप तनावमा परेका छन्। अब उनीहरू कानुनी प्रक्रियामा जाने तयारीमा रहेको बताइरहेका छन्।

  • २१ फाल्गुन २०८१, बुधबार ०९:२६ प्रकाशित
  • Nabintech