१९ फागुन, कोहलपुर । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा संचालित तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता-२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले उचालेको छ ।
कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएकाे फाईनल खेलमा नेशनल क्रीकेट एकेडेमी लम्किलाई ६८ रनले हराउँदै युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले उपाधि उचालेको हो । गत फागुन १५ गतेबाट सञ्चालित तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता मंगलबार समापन भएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
समापन कार्यक्रममा च्याम्पियन बनेको युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरलाई लुम्बिनी प्रदेश सदस्य बसन्ति अधिकारि, कोहलपुर नगरपालिका वडा न ५ का अध्यक्ष दीपेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिका वडा न ११ का अध्यक्ष कल्पना शर्मा लगायतले नगर पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
च्याम्पियन युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरलाई नगद पुरस्कार १ लाख ५० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको हो । त्यस्तै उप बिजेता नेशनल क्रीकेट एकेडेमी लम्किलाई ७० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
मंगलबार भएको फाइनल खेलमा नेशनल क्रीकेट एकेडेमी लम्किले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ्गको निम्तो पाएको युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६३ रन बनायो । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरका लागि निर्मल गुरुङले सर्बाधिक २९ रन बनाए । प्रणित थापाले २५, अनिमेश शाहिले २४ रन बनाए । त्यस्तै बलिङ तर्फ नेशनल क्रीकेट एकेडेमी लम्किका हेमन्त क्षेत्रीले ३ र कवि बमले २ विकेट लिए ।
युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले जितका लागी दिएको १६४ रनको लक्ष्य पछ्याएको नेशनल क्रिकेट एकेडेमीले १९।५ ओभरमा ९५ रन बनाउदै अलआउट भयो । नेशनल क्रिकेट एकेडेमीका लागी आशिष लोहारले सर्बाधिक २४ र कवि बमले १६ रन बनाए । बलिङ्ग तर्फ युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरका सुजात हुसेनले ४ विकेट र सुनिल सुनारले २ विकेट लिए ।
कोहलपुर ३ किरननालाका स्व. वीरेन्द्र शाहिको स्मृतिमा कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लवको आयोजनामा तेस्रो संस्करणको खुल्ला टि २० क्रिकेट प्रतियोगिता-२०८१, नकआउट चरणमा खेलाईएको थियो । प्रतियोगितामा ८ वटा टिम सहभागी थिए ।
२० फाल्गुन २०८१, मंगलवार २१:३३ प्रकाशित