काेहलपुर गाेल्डकप : भारतको साहारालाई हराउँदै नवलपरासी विजयी
  • काँचुली खबर

१८ फागुन, काेहलपुर । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपकाे दाेस्राे दिन राइजिङ स्टार फुटबल क्लब नवलपरासीले जित हासिल गरेको छ । आइतबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा भारतको साहारा फुटबल क्लबलाई पेनाल्टी सुटआउट ४-३ गोल अन्तरले हराउँदै नवलपरासी विजयी भएको हो ।

खेल अवधिभर दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेका थिए । खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा समेत दुवै टोली गोल गर्न असफल गरे । निकै प्रतिष्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटमा कुनैपनि गोल गर्न नसकेपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा भने राइजिङ स्टार फुटबल क्लब नवलपरासी भाग्यमानी ठहरियो । गोलकिपर प्रतिक सुनारको उत्कृष्ट प्रदर्शनबाट नवलपरासीले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आफ्नो टिमलाई जिताउन सुनारले साहाराका तीन वटा पेनाल्टी बचाएका थिए । राइजिङ स्टार फुटबल क्लब नवलपरासीका गोलकिपर सुनार म्यान अफ द म्याच घोषित भए । उनले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

गोल्डकपको पहिलो दिन सम्पन्न पहिलो क्वाटर फाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लबले बिजयी थियो । शनिबार सम्पन्न खेलमा लुम्बिनी फुटबल एडेकेमीलाई २–० गोल अन्तरले हराउँदै आयोजक टिमले विजयी भएको हो ।

गोल्डकपको तेस्रो दिन सोमबार दिउँसो ३ः०० बजे कोहलपुरस्थित तेह्र विगाहा खेल मैदानमा प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ र राईनो फुटबल क्लब, गण्डकीबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । अफ्रिकन राष्ट्र घानाकाे घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्बल गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् ।

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

  • १८ फाल्गुन २०८१, आईतवार २०:४१ प्रकाशित
  • Nabintech