जन्मदिनमा विद्यालयलाई १५ थान डेस्क-बेन्च सहयोग
  • काँचुली खबर

१५ फागुन, कोहलपुर । कोहलपुरका शैक्षिक व्यक्ति दिनेश सिग्देलले सार्वजनिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयलाई सहयोग गरेका छन् । रामजानकी अँग्रेजी मा.वि.का निर्देशक समेत रहेका सिग्देलले विद्यालयका संस्थापक तथा शैक्षिक अगुवा अभियन्ता एवम् आफ्नो पिता नारायण प्रसाद सिग्देलको ७५ औं जन्मोत्सवको अवसरमा दुई सामुदायिक विद्यालयलाई १५ थान डेस्क-बेन्च सहयोग गरेका हुन् ।

बिहिवार विद्यालयमा एक कार्यक्रमका बीच विद्यालयका निर्देशक सिग्देलले प्याब्सन कोहलपुर नगर अध्यक्ष रमेश के.सी. र जनप्रतिनिधी वडा नं. १० का वडा सदस्य भीम प्रसाद पौडेलले उपस्थितीमा नेपाल राष्ट्रिय आधारमूत विद्यालय चटारलाई १० थान र ज्ञान ज्योती मा.वि. कोहलपुरलाई ५ थान गरी १५ थान डेस्क-बेन्च हस्तान्तरण गरेका हुन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कोहलपुर क्षेत्रकै पहिलो निजी विद्यालय स्थापना गरेर यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयका संस्थापक नारायण प्रसाद सिग्देलले पु¥याएको योगदानको चर्चा गर्दै कोहलपुर नगरपालिका वडा नं. १० का वडा सदस्य भीम प्रसाद पौडेलले सामुदायिक विद्यालयलाई सहयोग गरेर विद्यालयले प्रशंसायोग्य काम गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।

यस्तै सहयोग हस्तान्तरण कार्यक्रममा प्याब्सन कोहलपुरका अध्यक्ष रमेश के.सी.ले सिग्देल परिवारले यस क्षेत्रको शैक्षिक गतिविधी चलायमान बनाउन अतुलनीय योगदान निर्वाह गरिरहेको भन्दै विद्यालयको संस्थागत विकासले लिइरहेको गती कायम राख्नुपर्नेमा जोड दिए । मुलुकमा विपत्ती तथा प्रकोपको समयमा समेत विद्यालयका निर्देशकले गर्दै आइरहेका गतिविधीले पनि सिग्देल सामाजिक उत्तरदायित्व वहन गर्ने सवालमा अग्रपंतीमा रहेको बताए ।

केही समय अघि जाजरकोट भूकम्प पीडितका लागि एक लाख रुपैयाँ सहयोग गरेको स्मरण गर्दै ब्याप्सन अध्यक्ष के.सी.ले शैक्षिक गतिविधीमा मात्र नभई सामाजिक उत्तरदायित्व वहन गर्ने सवालमा सदैव संवेदनशील रहन विद्यालयका निर्देशक सिग्देललाई आग्रह गरेका छन् ।

  • १५ फाल्गुन २०८१, बिहीबार १३:३५ प्रकाशित
  • Nabintech