१३ फागुन, नेपालगन्ज । नेपालगन्जमा अनियन्त्रित भएर भ्यान घरभित्र छिर्दा नाबालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुर स्थित पार्किङमा रहेको भे१च ३८९५ नम्वरको पिकअप भ्यान निकाल्नेक्रममा अनियन्त्रित भएर स्थानीय सञ्जय सिलवालको घरमा छिरेको थियो ।
त्यसक्रममा घरको आँगनमा खेलीरहेका ६ वर्षीय बालक दृष्यसिंह बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटनामा ४३ वर्षीय सञ्जय सिलवाल पनि घाइते भएका छन् । उनको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिमा उपचार भइरहेको छ । उनको खुट्टा भाँचिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यस्तै घाइते अन्य दुई जना ६ वर्षीया सृष्टि गौतम र ८ वर्षीय सन्जीप सिलवालको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले भ्यान चालक कोहलपुर नगरपालिका-२ बस्ने २३ वर्षीय सुरज थारु र नेपालगन्ज उपमहानगरपालिका-१३ बुलबुलिया बस्ने ३८ वर्षीय लियाकत अलिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
१३ फाल्गुन २०८१, मंगलवार १६:३७ प्रकाशित