सुकुम्बासी संघ काेहलपुर अध्यक्षमा ओदाल चयन
  • काँचुली खबर

८ फागुन, कोहलपुर । अखिल नेपाल सुकुम्बासी संघ काेहलपुर नगर समितिकाे नयाँ समिति चयन भएकाे छ । बिहिबार काेहलपुरमा सम्पन्न भएकाे सम्मेलनबाट जितेश कुमार ओदालकाे नेतृत्वमा ३१ सदस्यीय सर्वसम्मत नयाँ समिति चयन गरीएकाे हाे ।

नरे नेपालीको अध्यक्षतामा आयाेजना गरीएकाे सम्मेलनकाे नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा कोहलपुर नगरकी इन्चार्ज पार्वती पुन ‘उषा’ ले उद्घाटन गरेकी थिईन । उद्घाटन सत्रमा बाेल्दै कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेकी पुनले माओवादी केन्द्र सधैं पीडित, श्रमजीवी र उत्पीडित वर्गको पक्षमा रहने बताईन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

“हाम्रो पार्टीले कहिल्यै पनि सुकुम्बासी हटाउने निर्णयमा हस्ताक्षर गर्दैन । सुकुम्बासी समस्या हटाउने होइन, व्यवस्थित गर्ने कुरा हाे,” उनले भनिन । सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले नीति बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै पुनले जबर्जस्ती हटाउने अभियानको माओवादी केन्द्रले विरोध गर्ने उल्लेख गरीन । साथै, उनले पुनर्वासको व्यवस्था नगरी बसोबास गरिरहेका नागरिकलाई हटाउनु अन्याय हुने तर्क गरीन ।

कार्यक्रममा अखिल नेपाल सुकुम्बासी संघ लुम्बिनी प्रदेशका अध्यक्ष लालबहादुर विश्वकर्मा ‘विज्ञान’ ले राज्यले सुकुम्बासीहरूले भोग्दै आएका समस्याहरूलाई सम्बोधन गर्दै लैजान जरुरी रहेको बताए ।

यस्तै, नेकपा माओवादी केन्द्रका कोहलपुर नगर समितिका अध्यक्ष बलबहादुर खड्का ‘अविरल’ ले कोहलपुर नगरपालिका वडा नं. ११, शान्तिनगरमा बसोबास गर्ने सुकुम्बासीहरूले भोग्दै आएका समस्याहरू समाधानको प्रक्रियामा लैजान राज्य र राज्यका निकायहरूसँग समन्वय गरी पहल गर्ने तथा व्यवस्थापनको बाटो निर्धारण गर्न आफूहरू सधैं प्रतिबद्ध रहने बताए ।

कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगीले विभिन्न जिल्लाबाट बसाइँ सरेर आएका तथा सुकुम्बासी बस्तीमा बसोबास गर्ने व्यक्तिहरूका गुनासाहरूको समाधान र व्यवस्थापन गर्नु आफ्नो जिम्मेवारी रहेको बताउँदै सबैलाई खुलेर लाग्न आग्रह गरे ।

  • ८ फाल्गुन २०८१, बिहीबार २१:४८ प्रकाशित
  • Nabintech