८ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बाँकेको कोहलपुरलाई गुणस्तरिय शिक्षाको लागि शैक्षिक गन्तब्य बनाउन सकिने कुरामा जोड दिएका छन् ।
बिहीबार कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडमीको ९औं वार्षिक उत्सव तथा विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख आचार्यले कोहलपुरलाई गुणस्तरिय शिक्षाको गन्तब्य बनाउनका लागि आफुहरु लगि परेको उल्लेख गरे ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले भने, ‘कोहलपुरलाई गुणस्तरिय शैक्षिक गन्तब्य बनाउन सकिन्छ । त्यसका लागि एकल प्रयासले मात्रै संभव हुँदैन । सबैको साथ र समर्थन उत्तिकै आवश्यक पर्छ ।’ उनले समग्र परिक्षा प्रणालीलाई नै सुधार गर्न सके कोहलपुरको शैक्षिक अवस्थामा व्यापक परिवर्तन हुनसक्ने दाबी गरे ।
उनले कोहलपुर नगरपालिकाले गुणस्तरिय शैक्षिक सुधारका लागि कोहलपुरमा रहेका विद्यालयमा हुँदै आएको परिक्षा प्रणालीमा व्यापक सुधार गर्न आवश्यक रहेको र त्यसका लागि नगरपालिकाले निर्मम भएर अघि बढेको जानकारी दिए ।
नगरप्रमुख आचार्यले आफ्ना बालबालिकालाई विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पुरा नहुने कुरामा जोड दिदै आफ्ना बालबालिकाले आर्जन गरेको शिक्षाको गुणस्तर र आनीबानीलाई पनि नियाल्दै अभिभावकले नियमित विद्यालयको सम्पर्कमा रहेर आफ्नो बालबच्चाको शैक्षिक अवस्थाको जानकारी लिन आवश्यक रहने सुझाव दिए ।
उनले केही शैक्षिक संस्थाहरुले अभिभावकलाई झुक्याउने मनसायले परिक्षाको नतिजा तयार पारेको आफुलाई जानकारी भएको र त्यस्ता विद्यालय शैक्षिक संस्था नगरपालिकाको निगरानीमा रहेको उल्लेख गर्दै भने, ‘केही विद्यालयले अभिभावकलाई खुशीपार्न नतिजा उत्कृष्ठ नम्बर दिएर पठाउने त्यो विद्यार्थी जिल्ला स्तरको वा नगरस्तरको परीषामा भने ४-५ विषय लागेर फेल हुने अवस्था देखिएको छ, यो सरासर अभिभावकलाई ठगिएको हो । तसर्थ अभिभावक बेलैमा सचेत हुन आवश्यक छ ।’
तक्षशिला एकेडमीका अध्यक्ष विष्णुप्रसाद बेलबासेको अध्यक्षतामा सम्पन्न ९औं वार्षिक उत्सव तथा विज्ञान प्रदर्शनी कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको प्रस्तुती, तथा उनीहरुले निर्माण गरेका शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको थियो ।
सो अवसरमा बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दानबहादुर हमाल, तक्षशिला एकेडमीका शैक्षिक सल्लाहकार तथा संस्थापक खोपीराम ओलीलगायतले आ-आफ्नो भनाई राखेका थिए । साथै शैक्षिक क्षेत्रमा हासिल गरेको उपलब्धिको मुल्याङ्कन गरी पुरस्कृत समेत गरीएको थियो ।
८ फाल्गुन २०८१, बिहीबार २१:२४ प्रकाशित