भोलीदेखी कोहलपुरमा आँखाको निःशुल्क स्क्रिनिङ र शल्यक्रिया शिविर
  • काँचुली खबर

८ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाले भोलिदेखि निःशुल्क वृहत आँखा चेकजाँच तथा शल्यक्रिया कार्यक्रम सुरु गर्ने भएको छ । कोहलपुर नगरपालिकाको विशेष पहलमा तिलगंगा आँखा अस्पतालको विशेषज्ञ टिमलाई बोलाएर कोहलपुरमा आँखाको विशेषज्ञ उपचार सेवा दिन लागिएको हो ।

‘आँखाका बिरामीहरुलाई विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहका लागि तिलगंगाको टिमलाई गरिएको आग्रह स्वीकार भएको छ’ नगर प्रमुख आचार्यले भने, ‘तिलगंगाकै विशेषज्ञ टिम आएर चेकजाँच गर्ने भएकाले आँखामा समस्या भएका बिरामीले लाभ लिन सक्नेछन् ।’

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आँखा शिविरमा आँखाको स्क्रिनिङ तथा शल्यक्रिया गर्नुपर्ने बिरामीको निःशुल्क गरिनेछ । विशेषज्ञ टिमले पाँच दिनसम्म आँखाको स्क्रिनिङ गर्नेछ भने तीन दिन शल्यक्रिया गर्ने कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले जानकारी दिए ।

भोलि ९ गते कोहलपुर नगरपालिका १४ स्थित राम माविमा पहिलो शिविर बस्नेछ । वडा नं. ७, ८, ९, १४ र १५ का वडाबासीले यो शिविरमा सेवा लिनेछन् । त्यसैगरी १० गते कोहलपुर नगरपालिका ४ मदन चोकस्थित रझेना स्वास्थ्य चौकीमा आयोजना गरिएको दोस्रो शिविरमा वडा नं. ३, ४, ५ र ६ का वडाबासीले सेवा लिनेछन् ।

११ गते कोहलपुर नगरपालिका २ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको तेस्रो शिविरमा १ र २ नम्वर वडाका वडाबासीले सेवा लिनेछन् । कोहलपुर नगरपालिका १२ चपरगौरीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको चौथौं शिविरमा १२ र १३ नम्वर वडाबासी र कोहलपुर नगरपालिका ११ मा १३ गते आयोजना गरिएको पाँचौं शिविरमा वडा नं. १० र ११ का स्थानीयबासीले सेवा लिनेछन् ।

शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको कोहलपुर नगर अस्पतालमा १६, १७ र १८ गते निःशुल्क शल्यक्रिया हुनेछ । शल्यक्रिया गर्नुपर्ने कोहलपुर नगरभित्रका बिरामीलाई खाजा खर्चसहित घरसम्म पुर्याउने व्यवस्था समेत मिलाइएको स्वास्थ्य शाखा प्रमुख ठकुरीले बताए ।

  • ८ फाल्गुन २०८१, बिहीबार १६:१८ प्रकाशित
  • Nabintech