राप्तीसोनारी महोत्सव : हिजो रचनाले नचाईन, आज राज कुश्मी आउँदै
  • काँचुली खबर

७ फागुन, कोहलपुर । चर्चित गायीका रचना रिमालले ‘प्रथम राप्ती सोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव-२०८१’ मा आफ्नो दमदार प्रस्तुती दिएका छन् । राप्ती सोनारी-५ चिलहरियास्थित राप्ती सोनारी रंगशालामा जारी महोत्सवमा मंगलबार बेलुका गायीका रिमालले आफ्ना करिव दर्जन भन्दा बढी गितहरु दर्शकमाझ पस्किएकी थिईन ।

साँझ ८ बजे मञ्च उक्लिएकी रचनाले करिब २ घण्टासम्म दर्शकलाई नचाउन सफल भईन । महोत्सवतर्फ दर्शकको ध्यान तान्न उनले आफ्ना गितहरु एकपछि अर्को गरी पस्किरहिन । उनले आफ्ना चर्चित गित “फोटो फिरेममा….., मिनरल वाटर…..” लगाएतका दर्जन बढि गित गाउदा दर्शकहरूले खुलेरै साथ दिएका थिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यस्तै यश क्षेत्रकै गायक भिम कुशारीले समेत महोत्सवमा आफ्नो प्रस्तुती दिएका थिए । राप्ती सोनारीको माटोमा जन्मिएका कुशारीले करीब आधा दर्जन गित गाएका थिए ।

महोत्सवमा हरेक दिन स्थानीय कलाकारको बेजोड प्रस्तुती रहेको महोत्सवका संयोजक एवम् राप्ती सोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले जानकारी दिए । महोत्सव अवलोकन गर्न दिउँसो भन्दा बेलुकीपख दर्शकहरुको उपस्थिती बढी हुने गरेको उनले बताए ।

महोत्सवमा आज (बुधबार) चर्चित थारू गायक राज कुश्मी, मोडल जुना गिरी लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने संघका महासचिव मोहन गौतमले बताए । साथै विद्यालय स्तरिय नृत्य प्रतियोगिता समेत संचालन गरीएको गौतमले जानकारी दिए ।

राप्ती सोनारी गाउँपालिकाको संरक्षणमा जारी महोत्सवमा नविनतम प्रविधिजन्य उत्पादनहरु, महिलाद्धारा तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु प्रमुख आर्कषण रहेको आयोजकले जनाएको छ ।

उक्त महोत्सवमा विभिन्न ब्यापारिक, कृषि, सहकारी, राप्ती-सोनारी र नरैनापुरको पर्यटकीय क्षेत्रको प्रचार-प्रसार सम्बन्धी स्टल राखिएका छन् । अनुग्रह सेक्युरिटी सर्भिस नेपालगन्ज-६ बाँकेको ब्यवस्थापनमा चलिरहेको प्रतियोगिताको यही फागुन २ गते उद्घाटन गरिएको थियो ।

  • ७ फाल्गुन २०८१, बुधबार १५:३१ प्रकाशित
  • Nabintech