नरैनापुरमा १९ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ
  • काँचुली खबर

४ फागुन, नेपालगन्ज । बाँकेको नरैनापुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जबरजस्ती करणीपछि उच्च रक्तश्वावका कारण किशोरीलाई उपचारकालागि भेरी अस्पताल लगिएको छ ।

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नरैनापुर-५ सर्वराजपुरका ४५ वर्षीय जगबहादुर तेलीलाई पक्राउ गरेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

तेलीले घरबाहिर बसिरहेकी किशोरीलाई कोही नभएको मौका छोपी जबरजस्ती करणी गरी फरार भएको प्रहरीको भनाइ छ । पीडित किशोरीको बयानका आधारमा घटना लगत्तै शनिबार तेलीलाई पक्राउ गरिएको इलाका प्रहरी भगवानपुरका प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरले बताए ।

‘तत्काल किशोरीलाइ उद्धार गरी अस्पताल पुर्‍याएका छौँ’ उनले भने, ‘आरोपीलाई तत्काल नियन्त्रणमा लिएर घटनाको थप अनसन्धान गरीरहेका छौँ।’

गत पुस ३ गते राति मेला हेरेर घर फर्किरहेकी बाँकेको नरैनापुर-४ की १४ वर्षीया किशोरीमाथि बलात्कारको घटना भएको थियो ।

  • ४ फाल्गुन २०८१, आईतवार १५:२१ प्रकाशित
  • Nabintech