४ फागुन, बर्दिया । चितुवाकाे आक्रमणमा परि बर्दियामा एक बालकले ज्यान गुमाएका छन । गए राती घरको आँगनमा खेलीरहेका दुई वर्षीय वालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको हाे । मधुवन नगरपालिका वडा नं. ७ भाट चोकमा शनिवार साँझ करिब आठ बजेको समयमा आँगनमा खेलिरहेको बच्चालाई चितुवाले आक्रमण गरेको थियो ।
चितुवाको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका ५ बस्ने रिहान चलाउनेको मृत्यु भएको हो । रिहानको आमा रचना चलाउने सानीआमाको घरमा छोरा लिएर आएकी थिइन् । चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडिको भागमा घाउ भएको प्रहरीले जनाएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
साँझ करिब ८ बजे आँगनमा खेलिरहेको बालक एक्कासि हराएपछि घरपरिवारले हारगुहार गरेका थिए । स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घर देखि पाँच सय मिटर दक्षिण पूर्व खेतमा ९ः१५ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
गत माघ २५ गते सोही स्थानमा चितुवाले आक्रमण गर्दा ५१ वर्षीय जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो ।
४ फाल्गुन २०८१, आईतवार ०८:२९ प्रकाशित