२७ माघ, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले ठगी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।
जापान वर्किङ भीषामा लैजाने भन्दै १ करोड बढ़ी रकम लिएर फरार भायकी बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष २३ की तिर्सना बाठा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता आयुश प्रसाद जोशीले जानकारी दिए।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनका अनुसार, उनले बैदेशिक रोजगारमा जापान वर्किंग भिषामा पठाउने भनि विभिन्न व्यक्तिसँग प्रतिव्यक्ति १४ देखि १५ लाखको दरले १ करोड २३ लाख रकम संकलन गरी २/३ महिना देखि सम्पर्क विहिन भएकोमा वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता भई पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरिएको हो।
तिर्सना बाठा मगरलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान एवं कारबाही प्रकृया अगाडी बढाइएको प्रवक्ता जोशीले बताए ।
२७ माघ २०८१, आईतवार १७:१८ प्रकाशित