२७ माघ, कोहलपुर । दुई समुहबिच झडप हुँदा बाँकेमा एक युवाको मृत्यु (हत्या) भएको छ । बाँकेको बैजनाथ गाँउपालिका ८ हसनापुरमा एक समुहको खुकुरी प्रहारबाट घाईते भएका १८ वर्षीय दिनेश रोकायाको उपचारको क्रममा मृत्यु भएको हो ।
युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-२ बस्ने ३५ वर्षीय राम बहादुर राना र सोही गाउँपालिका-६ बस्ने १७ वर्षीय किशोर रहेका छन्।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सोही गाउँपालिका-८ बिचलाईनस्थित विवाह कार्यक्रममा वादविवाद हुँदा उनीहरूले दिनेश समेत ६ जनालाई शुकबार राति कुटपिट गरेर घाइते बनाएका थिए। गम्भीर घाइते भएका दिनेशलाई मेडिकल कलेज कोहलपुरमा प्राथमिक उपचारपश्चात भारतको लखनउ पठाइएको थियो।
उपचारका क्रममा आइतबार बिहान दिनेशको मृत्यु भएको हो। साथै कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
२७ माघ २०८१, आईतवार १६:२१ प्रकाशित