२७ माघ, सल्यान । दोस्रो बृहत् सल्यान महोत्सवमा आगलागी भएको छ । ८ दिनअघि देखि शारदा नगरपालिका-१, श्रीनगरको टाउन प्लानिङमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानले आयोजना गरेको महोत्सव स्थलमा आगलागी भएको हो ।
शनिबार राति अन्दाजी ११ बजे आगलागी हुँदा ८० स्टल जलेर क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनका अनुसार आगलागीबाट महोत्सवमा बिक्रीका लागि राखिएका स्टल र त्यसमा भएका सबै सामग्री जलेर नष्ट भएका छन् । स्टलमा राखिएका करिब ३ करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण महोत्सव पनि पूर्ण रूपमा प्रभावित भएको छ । राति ११ बजेतिर लागेको आगो स्थानीय, व्यवसायी, महोत्सव सञ्चालक तथा सुरक्षाकर्मीको टोलीले तीन घण्टा लगाएर नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।
२७ माघ २०८१, आईतवार ११:१५ प्रकाशित