२७ माघ, काेहलपुर । तक्षशिला एकेडेमी कोहलपुरले शनिबार बृहत् अभिभावक खेल सम्मेलन गरेको छ ।
आफ्ना बिद्यार्थीहरुका आमा बुवाहरुलाई खेलकुदका माध्यमबाट मनोरञ्जन एवं स्वस्थ रहने प्रेरणा मिलोस भन्ने अभिप्रायले अभिभावक खेलकुद आयोजना गरिएको बिधालयका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अभिभावक खेलकुद सम्मेलनमा फुटसल, भलिबल, कुर्सी दौड, डोरितान लगायतका आधादर्जन खेल समाबेस भएको प्रीन्सिपल भिम बहादुर रोकायले जनाए।
बिधालयमा शैक्षिक सुधार एवं भौतिक सुधार भएको पाइएकाले आफुहरुलाई थप हौसला मिलेको बताउदै अभिभावक भिमनारायण तिमिल्सिनाले उत्कृष्ट पठनपाठन कै कारण आफ्नो रोजाइमा तक्षशिला एकेडेमी रहेको बताए ।
आफ्ना नानी बाबुको भविश्यका लागि तक्षशिला एकेडेमीको प्रयास सम्मान गर्न लायक रहेको कार्यक्रम सहभागी भएका अभिभावकले बताए ।
खेलकुदका बिजेताहरुलाई वार्षिकोत्सब कार्यक्रमका अवसरमा पुरस्कार बितरण गरिने विद्यालयले जनाएकाे छ ।
२७ माघ २०८१, आईतवार ०७:४३ प्रकाशित