२६ माघ, कोहलपुर । गोरखा युनाईटेड पब्लिक स्कुलले १२औं अभिभावक दिवस मनाएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले भब्य रुपमा अभिभावक दिवस मनाएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहायक प्राध्यापक एवं गोरखा स्कुल शिक्षक-अभिभावक संघका सदस्य डा. प्राज्ञा गौतम घिमिरेको प्रमुख उपस्थितिमा विद्यालयले विशेष समारोहकाबिच अभिभावक दिवस मनाएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, प्राज्ञ, बिभिन्न शैक्षिक अभियान्ता, अभिभावक, सुरक्षा निकायका प्रमुख, पत्रकार र विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमलाई दुई चरणमा बिभाजन गरि सञ्चालन गरिएको थियो ।

पहिलो चरणमा कक्षा केजि देखि १२ सम्मका वालवालिकाहरुको कक्षागत नृत्य, एरोवीक, योगा, फेन्सि ड्रेस, पिटि तथा ड्रिल एवं तेक्वान्दोको कलनसँगै सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । साथै कार्यक्रम स्थलमा विज्ञान प्रर्दशनि समेत गरीएको थियो ।
त्यसैगरी दोस्रो चरणमा मैत्रिपुर्ण महिला-पुरुष भलिवल, कुर्चि दौड, डोरी तानातान लगाएत मनोरञ्जनपुर्ण खेलहरु समेत प्रस्तुत भएका थिए । कार्यक्रमस्थलमा प्राचिन कालमा प्रयोगमा आएका काष्ठकला, चित्रकला एवं संस्कार र संस्कृति झल्किने स्टलहरु समेत राखिएको थियो ।

गोरखा युनाईटेड पब्लिक स्कुलका संस्थापक तथा सञ्चालक केशर बहादुर आलेको सभापतित्वमा आयोजित कार्यक्रमको औचितयमाथि विद्यालयका शैक्षिक सुपरिवेक्षक पञ्च प्रसाद आचार्यले चर्चा गरेका थिए भने विद्यालयका प्रिन्सिपल साधना थापाले स्वागत मन्तव्य राखेकी थिईन ।
कार्यक्रममा विद्यालय अभिभावक संघका सदस्य अर्जुन जंग शाह, नेपाली सेनाका पुर्व सेनानी राजेश खत्रि, संस्थापक सदस्यहरु थान बहादुर थापा, चन्द्र बहादुर आले, कृष्ण बहादुर थापा, खगिसरा आले, खगिसरा थापा, जसोदा कुमारी बस्नेत, अम्मर वहादुर चन्द लगाएतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
२६ माघ २०८१, शनिबार १८:०४ प्रकाशित