२६ माघ, काेहलपुर । राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक कृषि व्यापार एवं पर्यटन महोत्सव सञ्चालन हुने भएको छ। राप्ती सोनारी उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा यही फागुन १ गतेदेखि ११ गतेसम्म राप्ति साेनारी वडा नम्बर ५ मा रहेको बिलौना रङ्गशालामा महोत्सव सञ्चालन हुने भएको हो।
महोत्सवको सन्दर्भमा शुक्रबार आयोजक संस्थाले पत्रकार सम्मेलन मार्फत महोत्सव आयोजनाका विषयमा जानकारी दिएको छ। संघका अध्यक्ष टिकाराम ढुङ्गानाका अनुसार महोत्सवमा स्थानीय अर्गानिक रैथाने कृषि उत्पादन, स्थानीय सिपबाट उत्पादित वस्तु सँगै स्वदेशी उद्योगबाट उत्पादित वस्तुको संरक्षण प्रवर्धन तथा बजारीकरणकालागि उद्योगी व्यवसायीहरूलाई सहयोग पुर्याउने उद्देश्य राखिएको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
महोत्सवमा नविनतम प्रविधिजन्य उत्पादनहरू महिलाद्वारा स्थानीय स्तरमा उत्पादित वस्तुहरू प्रमुख आकर्षण रहनेछन् साथै बाँकेको राप्ती सोनारी तथा नरैनापुर क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण प्रवर्द्धन तथा प्रचारप्रसारका लागि पहल गर्न पनि महोत्सव सफल हुने सङ्घका महासचिव मोहन गौतमले बताए ।
बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय हबका रूपमा विकास गर्नुका साथै पर्यापर्यटनका क्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्न महोत्सवले मद्दत पुर्याउने संघका महासचिव गौतमले जानकारी दिए। महोत्सवमा स्थानीय स्रोतको सदुपयोग गरी उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादित वस्तुहरूको दिगो बजार र पहुँच स्थापित गर्न यस महोत्सव मार्फत स्थानीय स्तरका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदावार, हस्तकला, ऊर्जा, बायोग्यास लगायत पर्यटन औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका १२० स्टलहरू महोत्सवमा रहने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
१० दिनसम्म सञ्चालन हुने महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याति कमाएका लोकप्रिय कलाकारहरूको विशेष सांगीतिक कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ । महोत्सवबाट संकलित रकमले संघको संस्थागत विकासका लागि अत्याधुनिक भवन निर्माण गर्ने उद्देश्य लिएको संघका अध्यक्ष ढुंगानाले जानकारी दिएका छन्।
रातिकाे ९ बजेसम्म साँस्कृतिक कार्यक्रम संचालनकालागि अनुमति लिएकाे जनाउँदै अध्यक्ष ढुंगानाले महाेत्सव अवलाेकनकालागि रू. १०० काे टिकटकाे ब्यवस्था गरिने बताए । विद्यार्थी, अपांग तथा जेष्ठ नागरिकहरूले भने विशेष छुट सहित महाेत्सव अवलाेकन गर्न पाउने छन ।
२६ माघ २०८१, शनिबार ०८:१० प्रकाशित