२३ माघ, डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरि परिचालन गरेको छ । ‘स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाद्धारा कार्यविधी पारीत गरी नगर प्रहरी नियुक्ती गरीएको गाँउपालिकाले जनाएको छ ।
स्थानीय तह अन्र्तगत विभिन्न सार्वजनिक सम्पत्तीको सरक्षण, गाउँ बस्तीको व्यवस्थापन तथा शान्ति सुरक्षा, नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, दैबी प्रकोप व्यवस्थापन लगायतका कार्यमा सहयोग पुरयाउन नगर प्रहरी भर्ना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले स्थानीय सरकारका थुप्रै काम कर्तव्य र अधिकार रहेकाले सो अन्तर्गत सरकारी संरचनाको संरक्षण तथा व्यस्थापनाका लागि आफ्नै प्रहरीको आवश्यकता महसुस भएर नगर प्रहरी नियुक्ती गरिएको बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नगर प्रहरीले डुडुवामा रहेको नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, राजश्व संकलन, सरकारी जग्गाको अतिक्रमण रोक्न, विपद व्यवस्थापन, शान्ति सुरक्षालगायतको कार्यमा ठुलो सहयोग पुग्ने अध्यक्ष चौधरीले बताए ।
पालिकाले कानून अनुसारको कार्यविधीमार्फत भर्नाका चरणहरु पार गरि प्रहरी निरिक्षकको कमाण्डमा २५ जना नगर प्रहरी भर्ना गरेको विषयविज्ञ अवकाश प्राप्त पुर्व प्रहरी नायब उपरिक्षक सुर्यबहादुर केसीले बताए । उनका अनुसार डुडुवा प्रहरी निरिक्षक, प्रहरी सहायक निरिक्षक, प्रहरी हवल्दार र डुडुवा प्रहरी जवान गरि २५ जना रहेका छन ।
भर्ना भएका सबै जना नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी सेवामा काम गरिसकेको अनुभवी रहेका छन । भर्ना भएका नगर प्रहरीलाई थप दक्ष बनाउन एक हप्ते आन्तरिक तालिम समेत प्रदान गरिएको विषयविज्ञ पुर्व डिएसपी केसीले बताए ।
उनले डुडुवाले ऐतिहासिक काम गरेको र यसले स्थानीय तहको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नियुक्त भएका प्रहरीहरुलाई एक कार्यक्रमका विच गाउँपालिकाले दर्ज्यानी चिन्ह र सुशोभन गरेको छ । दज्र्यानी चिन्ह प्रदान गर्दै पालिका अध्यक्ष चौधरीले आफ्नै प्रहरीले कार्यसम्पादन गर्न सहज हुने भन्दै शान्ति सुरक्षा, दैवी प्रकोप व्यवस्थापन, सिमा अपराध नियन्त्रण, अबैध चोरी निकासी र पैठारी नियन्त्रण गर्न सहयोग मिल्ने भएकाले इमान्दरितापुर्वक दिएको जिम्मेवारी निर्वाह गरि काम गर्न निर्देशन दिए ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गा प्रसाद बर्मा, आमोदकुमार तिवारी, सगिर खाँ, निमित्त प्रमुख प्रशासकिय अधिकृत हेमन्त शर्मा, पुर्व कर्मचारी धनबहादुर बुढा लगायतको सहभागिता रहेको थियो । प्रहरी भर्नामा गोरखाज सेक्युरिटीले प्राविधिक सहयोग गरेको थियो ।
२३ माघ २०८१, बुधबार १५:५८ प्रकाशित