२३ माघ, काठमाण्डौं । संसारभर धुम्रपान नगर्ने व्यक्तिहरूमा पनि फोक्सोको क्यान्सर बढिरहेको एउटा अध्ययनले देखाएको छ। तीमध्ये सबैभन्दा धेरै संख्या महिलाको छ।
ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नलमा विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को अवसरमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनमा चुरोट सेवन नगर्नेहरुमा पनि सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिरहेको उल्लेख छ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
क्यान्सरका विरामी बढ्नुको कारण वायु प्रदूषणलाई जिम्मेवार ठानिएको छ। भारत, चीन, थाइल्याण्ड जस्ता दक्षिण-पूर्वी एशियाली देशका मानिस र तीमध्ये पनि खासगरी महिला अत्यधिक प्रभावित भइरहेका छन्। सन् २०२२ मा २५ लाख मानिसमा फोक्सोको क्यान्सर पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ।
महिलामा बढ्दो क्यान्सर
क्यान्सरबाट प्रभावितमध्ये अधिकांश पुरुष छन् र १० लाख महिलामा क्यान्सर पुष्टि भएको छ, जुन संख्या निरन्तर बढिरहेको छ। एडेनोकार्सिनोमा भनिने एउटा विशेष प्रकारको फोक्सोको क्यान्सर हुनु १८५ देशका महिलाहरूमा अहिले सामान्य भइसकेको छ। एडेनोकार्सिनोमा ग्रन्थीहरुमा लाग्छ‚ जसले तरल पदार्थ उत्पादन गर्छ।
यस प्रकारको क्यान्सर पुरुष र महिला दुवैमा अब सामान्य भइसकेको छ। सन् २०२२ मा धुम्रपान गर्नेहरूमा देखिएको फोक्सोको क्यान्सरमध्ये ५३ देखि ७० प्रतिशतमा यस प्रकारको क्यान्सर देखिएको अध्ययनबाट पत्ता लागेको छ।
क्यान्सरको कारक वायु प्रदूषण
बढ्दो वायु प्रदूषणका कारण फोक्सोको क्यान्सरका विरामी बढेका ठानिएको छ। सन् २०२० देखि २०२२ सम्म पुरुष र महिलामा फोक्सोको क्यान्सरका १० मध्ये ६ जनामा एडेनोकार्सिनो देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
‘धुम्रपानको बानी र वायु प्रदूषण ती मुख्य कारणमध्ये एउटा हो, जसले आज फोक्सोको क्यान्सरका धेरै प्रकार ल्याइरहेको देखिरहेका छौं‚’ क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने अन्तरराष्ट्रिय एजेन्सी (आईएआरसी) मा क्यान्सर निगरानी शाखाका प्रमुख फ्रेडी ब्रेले भने‚ ‘क्यान्सरबाट हुने मृत्युको कारणमा सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको छ।’
मानिसहरूमा धुम्रपानको प्रचलन घट्दै गएका संसारका ती देशहरू जहाँ कहिल्यै चुरोट सेवन नगर्नेहरुमा फोक्सोको क्यान्सरको अनुपात बढ्दै गएको छ।
कहिल्यै धुम्रपान नगर्ने मानिसहरूमा फोक्सोको क्यान्सर विश्वव्यापी रूपमा क्यान्सरसँग सम्बन्धित मृत्युको पाँचौँ प्रमुख कारण बनेको छ र यसले एशियाली जनसंख्या विशेषगरी महिलाहरूलाई सबैभन्दा बढी असर गरेको अध्ययनले देखाएको छ।
अध्ययनका अनुसार पूर्वी एशियामा, त्यसमा पनि विशेष गरी चीनमा एडेनोकार्सिनोमा उच्च स्तरमा देखिएको छ। चीनमा चुरोट नपिउने महिलाहरू खाना पकाउने इन्धनको सम्पर्कमा आउँदा फोक्सोको क्यान्सरको शिकार भइरहेका छन्।
२३ माघ २०८१, बुधबार १५:२८ प्रकाशित