विश्वकै पहिलो दशतारे होटल : एक रातको शुल्क २८ लाख !
  • काँचुली खबर

एजेन्सी । संयुक्त अरब इमिरेट्सको दुबई आफ्नो लग्जरी जीवनशैली तथा आलिशान होटलहरुका लागि चर्चित छ । त्यहीँ दुबईमा एउटा यस्तो होटल छ जहाँ एक रात बिताउनका लागि २८ लाख रुपैयाँ बराबरको मूल्य तिर्नुपर्छ ।

यसलाई विश्वकै पहिले दशतारे होटल पनि भनिन्छ । उक्त होटलमा बस्नु कुनै सपनाभन्दा कम छैन । किनकि यो अर्बपति व्यापारी तथा धनी राजपरिवारहरुको पहिलो रोजाईको रुपमा रहेको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आम मानिसका लागि यो केवल एउटा पूरा नहुने मनोकांक्षा जस्तै हो, जसलाई हेर्न त सकिन्छ तर प्राप्त गर्न सकिँदैन । यो विश्वका धनीहरुको एउटा यस्तो गन्तव्य हो जहाँ केवल धनाढ्यहरुले मात्र प्रवेश पाउँछन् ।

यो होटलले सुपर धनाढ्यहरुलाई विश्वकै सबैभन्दा सुन्दर अनुभव प्रदान गर्दछ । यो होटलमा पिल्लरदेखि ढोकाका ह्याण्डल सम्ममा सुन लेपन गरिएको छ। बाथरुममा पनि सुनको कला देख्न सकिन्छ, जसले हरेक पाहुनालाई राजर्षी अनुभूति प्रदान गर्दछ ।

यस्तो विचित्र होटलको नाम बुर्ज अल अरब हो । दुबईको जुमेराह बीचमा अवस्थित यो होटलको चारैतर्फ नीलो, सफा समुद्र फैलिएको छ । कृत्रिम टापुमा बनेको यो होटलको जग चाहीँ समुद्रभित्र १ सय ४८ फिटको गहिराईसम्म पुगेको छ । यसको शानदार स्थिति र अनौठो डिजाइनले यसलाई विश्वको सबैभन्दा सुन्दर तथा आइकनिक होटलको रुपमा स्थापित गरेको छ ।

बुर्ज अल अरबको भित्री भाग अर्थात् इन्टेरियर होस् वा त्यहाँको खानेकुरा, सबै चिजमा सुनप्रतिको प्रेम झल्किन्छ । यो होटेलमा राखिएका १७९० वर्ग मिटरका २४ क्यारेट सुनौला पातले यसलाई भव्य बनाएका छन् । होटेलका लग्जरी परिकारहरुमा पनि सुनको लेपन रहेको हुन्छ, जसले हरेक भोजनलाई विशेष बनाउँछ ।

बुर्ज अल अरबले सन् २००८ मा एउटा नयाँ किर्तिमान स्थापित गरेको थियो । यो होटलले विश्वको सबैभन्दा महंगो ककटेलका लागि गिनिज वर्ल्ड रेकर्डस्मा आफ्नो नाम लेखाएको थियो । उक्त ककटेलको मूल्य २७ हजार ३२१ दिराम अर्थात् करिब ११ लाख रुपैयाँ थियो ।

जुमेराह ग्रुपसँग यो होटलको स्वामित्व रहेको छ, जुन दुबई सरकारको स्वामित्व भएको लग्जरी होटल चेन हो । यो होटलको निर्माणका करिब १ अर्ब डलर खर्च लागेको थियो । ३२१ मिटर अग्लो यो होटल भवन सन् १९९९ मा निर्माण पूरा भएको थियो ।

यो होटेलमा २०२ वटा कोठा छन् । जसमा सानो आकारको सुइट अर्थात् कोठाको आकार १६९ वर्गमिटर र सबैभन्दा ठूलो सुइटको आकार ७८० वर्गमिटर छ । रोयल सुइटमा एक रात बिताउनका लागि करीब २८ लाख ३० हजार रुपैयाँ तिर्नु पर्दछ । अन्य सुइट्सको शुल्क चाहीँ ८ लाख २५ हजार रुपैयाँबाट सुरु हुन्छ ।

बुर्ज अल अरबको डिजाइन प्रसिद्ध आर्किटेक्चर कम्पनी एटकिन्सले तयार गरेको थियो । टम राइटको नेतृत्वमा यसको निर्माण गरिएको हो । यसको आकार एउटा जहाजको पालजस्तै डिजाइन गरिएको छ । होटलको इन्टेरियरमा सुनको झलक हरेक ठाउँमा देखिन्छ । यहाँसम्म कि खानाका परिकारमा समेत सुनको प्रयोग गरिएको हुन्छ । एजेन्सीको सहयोगमा

  • २२ माघ २०८१, मंगलवार १६:३३ प्रकाशित
  • Nabintech