१४ बैशाख २०८१, शुक्रबार
के तपाईलाई थाहा छ ?
  • काँचुली खबर

मुलुक यतिबेला संघीयताको सुरुवाती चरणमा छ । संघीयतामा गएसँगै स्थानीय तह, प्रदेश र केन्द्रगरी तीन तहमा सरकार सञ्चालन भईरहेका छन् । संविधानले नै हरेक तहका काम कतव्र्य तथा अधिकारहरु छुट्याईदिएको छ । सानो कामको लागि पनि केन्द्रमै धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै हरेक सेवा सुविधाहरु स्थानीय तहमै पाउने व्यवस्था गरिएको छ ।

अहिले सातै प्रदेशमा स्थानीय सरकारले आफ्ना छुट्टै नीति र नियम बनाएर सरकार चलाइरहेका छन् । देशमा अहिले स्थानीय तहलाई महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा विस्तार गरिएको छ । नेपालको संविधानको धारा ३०२ उपधारा १ ले हरेक तहले गर्ने कामको जिम्मेवारी तोकिदिएको छ । आज हामी स्थानीय तह अन्र्तगत नगरपालिकाहरु तथा गाउँपालिकाले गर्ने कामहरु यसप्रकार रहेका छन्ः

१. नाता प्रमाणित गर्ने काम,
२. नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनको लागि सिफारिस गर्ने,
३. बहाल करको लेखाजोखा सिफारिस गर्ने,
४. कोठा खोल्न रोहबरमा बस्ने,
५. मोहि लगत कट्टाको सिफारिस गर्ने,
६. घर जग्गा करको लेखाजोखा गरि सिफारिस गर्ने,
७. जन्म मिति प्रमाणित गर्ने, गराउने

– व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसायाको सिफारिस
– मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस गर्ने,
– विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
– निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
– अंग्रेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने,
– घर पाताल प्रमाणित गर्ने,
– व्यक्तिगत विवरण प्रमाणित गर्ने
– पूर्जामा घर कायम गर्ने सिफारिस गर्ने,
– फरक-फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने,
– नाम, थर, जन्ममिति संशोधनको सिफारिस गर्ने,
– जग्गाधनी पुर्जा हराएको सिफारिस गर्ने,
– कागज र मन्जुरीनामा प्रमाणित गर्ने,
– कित्ताकाट गर्न सिफारिस गर्ने,
– संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
– जीवितसँगको नाता प्रमाणित गर्ने,
– हकवाला वा हकदार प्रमाणित गर्ने,
– नामसारी गर्न सिफारिस गर्ने,
– जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
– मृतकसँगको नाता प्रमाणित तथा सर्जमिन सिफारिस गर्ने,
– उद्योग ठाउँसारी गर्न सिफारिश गर्ने,
– जीवित रहेको सिफारिश गर्ने,
– विद्यालय खोल्न सिफारिस र अनुमति गर्ने,
– जग्गा मुल्याँकन सिफारिस प्रमाणित गर्ने,
– विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
– पालन पोषणको लागि सिफारिस गर्ने,
– वैवाहिक अँगिकृत नागरिकता सिफारिस गर्ने,
– आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्ने
– विद्यालय ठाउँसारी गर्न सिफारिस गर्ने
– धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने
– प्रचलित कानुन अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने
– गाउँपालिकाको अध्यक्ष वा नगरपालीकाको प्रमुखले तोकेको अन्य काम गर्ने

 

स्रोत : केन्द्रबिन्दु

  • १६ श्रावण २०७५, बुधबार १८:१७ प्रकाशित
  • Nabintech