१८ माघ, कोहलपुर । प्रख्यात योग गुरु डा. योगी विकाशानन्दले बाँकेको कोहलपुरमा उत्प्रेरणात्मक प्रवचन दिने भएका छन । कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलको आयोजनामा हुने दुई दिने योग तथा ध्यान शिविरमा विकाशानन्दले ध्यान, ज्ञान एवं जीवनशैली व्यवस्थापन सम्बन्धी उत्प्रेरणात्मक प्रवचन दिने भएका हुन ।
योग शिविरका बारेमा जानकारी दिन शुक्रबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गोरखा स्कुलका संस्थापक संचालक केशर बहादुर आलेले पश्चिम नेपालमै पहिलो पटक योग गुरु विकाशानन्दको उपस्थितीमा जीवनशैली व्यवस्थापन सम्बन्धि शिविर संचालन गर्न लागिएको बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
संस्थागत विद्यालयको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गोरखा स्कुलले विकासानन्द फाउन्डेसन विश्व परिवारको समन्वय र सहकार्यमा यहि माघ २२ र २३ गते दुई दिने शिविर संचालन गर्न लागेको हो । विद्यालयको खेल मैदानमा बिहान ७ः३० देखी दिउँसको ३ बजेसम्म संचालन हुने शिविरमा विद्यालयमा अध्ययनरत वालवालिका, अभिभावक, सामाजिक तथा राजनितिक ब्यक्तीत्वका साथै अम नागरीकको समेत सहभागीता रहने आलेले बताए ।
पछिल्लो समय जिवनशैली परिवर्तन भएसंगै मानिसका दैनिक ब्यवहारहरु पनि परिवर्तन हुँदै गएकोले यस्तो विषम परिस्थितिमा योग तथा ध्यान शिविरले सकारात्मक परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै आलेले आम मानिसमा हुने नकारात्मक सोच र ब्यवहारमा परिवर्तन होस भन्ने उद्देश्यका साथ शिविर संचालन गर्न लागीएको जानकारी दिए ।
शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावक, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका प्रमुख न्यायाधीश, गैर सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, समाजसेवी, राजनितीज्ञ, पत्रकार एवं सम्पुर्णमा सार्वजनिक रुपमा आमन्त्रण गरिएको विद्यालयका प्रशासन प्रमुख कर्ण बस्नेतले जानकारी दिए ।
सामाजिक उत्तरदायीत्व अन्तर्गत शिविर आयोजना गर्न लागीएको बताउँदै बस्नेतले शिविरको लाभ लिन सबैलाई आह्वान समेत गरेका छन ।
१८ माघ २०८१, शुक्रबार १३:५० प्रकाशित