१३ बैशाख २०८१, बिहीबार
बलात्कारको डरलाग्दो अवस्था, १० वर्षमा ७ हजार महिला बलात्कृत
  • काँचुली खबर

घटनाः १
साथीको घरमा होमवर्क गर्न गएकी कञ्चनपुरको उल्टाखामकी १३ वर्षीया बालिकाको शव उखुबारीमा भेटियो । उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव महुलिया नजिकैको उखु बारीमा फेलापर्‍यो ।

साथीको घरमा पढ्न भनेर गएकी छोरी राति अवेर सम्म पनि घर नफर्किदा आमा बाबुले प्रहरीमा निवेदन दिए । प्रहरीले मानिस हराएको जस्तो केशमा तुरुन्तै एक्सन लिनुपर्ने हो । तर प्रहरीले अहिले रातिभयो भोली बिहान खोजौला भन्दै गैर जिम्मेवार जवाफ दियो । दोस्रो दिन बिहान जब प्रहरी हराएकी निर्मलालाई खोज्ने सु्रमा थियो ।

त्यही बेला नजिकैको उखुबारीमा एक बालिकाको शव फेला भन्ने खबर आयो । प्रहरीको भोली खोजौंला भन्ने सपना पुरा भएन् । भेटिएको शव त्यही निर्मलाको थियो । शरिरको तल्लो भाग नग्न अवस्थामा थियो । लगाएको सुरुवाल खोलेर फालिएको थियो । घटनाको प्रकृति हेर्दा नै उनको बलात्कारपछि हत्या भएको प्रष्ट देखिन्थ्यो ।

घटनाः २
गतअसार २० गते राति काभ्रेको तेमाल गाउँपालिका-१ देच्छेदिङ गुम्बा परिसरमा ९ वर्षीया बालिका एलिसा तामाङले अनौठा घटना देखिन् । उनले आफ्नै फुपू पर्ने मिना तामाङ कुनै परपुरुषसँग यौन सम्बन्धमा लिप्त भएको देखिन् । उक्त घटना देख्नु नै उनको लागि काल बन्यो ।

यौन सम्बन्धबारे हल्ला फैलिने डरले फुपू मिना र बारा बारागढी गाउँपालिका ६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको हत्या गर्ने योजना बनाए । हत्या गर्नको लागि उनीहरुले चाउचाउ किनिदिने भन्दै एलिसालाई मन्सुरले फकाएर गुम्बा छेउमा लगे । त्यहाँ मन्सुरले एसिलाको बलात्कार गरे ।

बलात्कारपछि मन्सुरले एलिसाको नाकमुख थुनेर हत्या गरिदिए । परपुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसालाई उक्त घटना लुकाउन फुपुकै मिलेमतोमा बलात्कारपछि हत्या गरियो । उनको मुख तथा योनीमा घाउ भएको अवस्थामा शव घोप्टो परेको अवस्थामा प्रहरीले २० गते राति नै फेला परेको थियो ।

यी त केबल केही प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गईरहेको छ । विगतको २० वर्षमा १० हजार १ सय ५२ महिला बलात्कृत भएका छन् । ३ हजार ८ सय३ महिलामाथि बलात्कारको प्रयास भएको छ ।

२० वर्षको तथ्यांक हेर्दा वर्षेनी बढ्दै गएको देखिन्छ । २० वर्ष अघि एक सय पनि नपुग्ने गरेका यस्ता घटना अहिले हजार भन्दा बढी छन् । पछिल्लो १०वर्षमा मात्रै ६ हजार ९ सय २ जना बलात्कृत भएका छन् । पछिल्ला वर्षहरुमा दैनिक ४ जना महिला बलात्कारको शिकार भएका छन् ।

 

 

स्रोत : केन्द्रबिन्दु

  • १६ श्रावण २०७५, बुधबार १८:०८ प्रकाशित
  • Nabintech