१४ माघ, काेहलपुर । बाँकेकाे काेहलपुरमा भाेलि (१५ गते) देखि ९ दिने भू-तपस्या सुरु हुने भएको छ । कोहलपुर नगरपालिका-११, न्युरोडस्थित खुला मैदानमा मनोक्रान्ति विश्व परिवारका प्रणेता डा. योगी विकासानन्दकाे निर्देशनमा सुरु हुने उक्त तपस्याकालागि ९ फिट गहिरो र ९ फिट चौडा खाल्डो तयार गरिएको छ ।
नीलसागरकी संरक्षक डा. सरिता खनालका अनुसार भू-तपस्या कुनै पनि आहार नखाई जमिनमुनि ओडारमा बसेर गरिन्छ । यसबाट मानसिक शान्ति र शारीरिक स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पर्ने खनालकाे भनाई छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नीलसागरका डा. अमन सुवेदीले पछिल्लो समय मानिसहरूमा मानसिक तनाव बढ्दै गएकाले भू-तपस्या जस्तो ध्यान विधिले मानसिक तनावलाई कम गरी सकारात्मक ऊर्जा प्रदान गर्न सहयाेग पुर्याउने बताए ।
भू-तपस्वी योगी अद्वैतका अनुसार, भू-तपस्या अत्यन्त कठिन साधना हो । जमिनमुनिको अक्सिजनको कमिका बाबजुद ध्यान र साधनामा लीन भएपछि गहिरो मानसिक शान्ति र आनन्दको अनुभव हुने अद्वैतले दावी गरे । भू-तपस्या गरिरहँदा आसपासका व्यक्तिहरूमा समेत सकारात्मक ऊर्जा र विचार तरङ्ग महसुस गर्न सक्ने बताईएकाे छ ।
मनोक्रान्ति दर्शनलाई मानव जीवनलाई सरल, स्वस्थ र सन्तुलित बनाउने ज्ञानका रूपमा व्याख्या गर्ने गरीन्छ । यस दर्शनअन्तर्गत ध्यान, योग र तपस्यालाई केन्द्रमा राखेर मानिसहरूको मानसिक र शारीरिक स्वास्थ्यलाई सुधार गर्न प्रेरित गरिन्छ । भू-तपस्यालाई मनोक्रान्तिको महत्त्वपूर्ण अंशका रूपमा अघि सारिएको छ ।
१४ माघ २०८१, सोमबार २०:२६ प्रकाशित