नरभक्षी बाघ खाेज्न बनमा क्यामरा जडान
  • काँचुली खबर

फाईल तस्बिर ।

१४ माघ, काेहलपुर बाघको आक्रमणबाट बाँकेमा एक महिलाको ज्यान गएपछि बाघ खोजी अभियानलाई तिव्र पारिएको छ । सो बाघले अन्य मानिसलाई आक्रमण गर्ने सम्भावना बढेकाले रोक्न बाघको खोजी कार्यलाई तिव्र पारिएको राप्तीसोनारी सबडिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

सबडिभिजन वन कार्यालय बाँकेका प्रमुख मनोज शर्माले भगवति सामुदायिक बन क्षेत्रमा बाघ र चितुवाजस्ता हिंस्रक जनावरको आगमन बढेको र मानवीय आक्रमण हुन थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान सुरू गरिएको बताए । उनले बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले सामुदायिक वन क्षेत्रमा बाघ आक्रमणको त्रास बढेको गुनासो गरेपछि क्यामेरा जडान गरिएको बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

निकुञ्ज वरिपरिका वासिन्दालाई बाघसँग सचेत र सजग रहन आग्रह गरिएको पनि प्रमुख शर्माले बताए । क्यामेराको सहयोगले बाघको बारेमा सही जानकारी हासिल हुने उहाँले बताए ।

बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामुदायिक वनमा जंगली बाघको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि सो वन क्षेत्रमा क्यामेरा जडान गरिएको भगवती सामुदायिक वनका अध्यक्ष टिकाराम वलीले बताए ।

बाघलगायतका जनावरबाट जोगिन जनचेतनाका कार्यक्रम गर्ने कार्य पनि जारी रहेको वलीले बताए । गत बुधबार राप्तीसोनारी गाउँपालिका-८ की ६७ वर्षीया चेती बुढाको ज्यान बाघको आक्रमणबाट गएपछि सबडिभिजन वन कार्यालयले सो क्षेत्रमा आफ्नो सक्रियता बढाएको छ ।

स्थानीयका अनुसार सो जंगलमा यसअघि बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायोहरू भने देखिने गरेको थियो । यसअघि पनि गाउँलेका १० वटा जति बाख्रा बाघले मारेको थियो । सो सामुदायिक वननजिक बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्छ । बाघ संरक्षणका लागि सरकारद्वारा स्थापना गरिएको बाँके निकुञ्ज देशकै कान्छो निकुञ्ज हो ।

  • १४ माघ २०८१, सोमबार १९:०२ प्रकाशित
  • Nabintech