काेहलपुर बसपार्कबाट खाे खाे खेलाडिकाे पदक हरायाे
  • काँचुली खबर

१० माघ, काेहलपुर । प्रथम खो खो विश्वकप फाइनलमा पुगेर इतिहास रच्न सफल नेपाली खोखो खेलका राष्ट्रिय खेलाडीहरू कोहलपुरमा निराश मुद्रामा भेटिए । भारतमा सम्पन्न प्रथम खाे खाे विश्वकपको उपविजेता बन्न सफल खेलाडीहरू मध्येका पुरुष तर्फका खेलाडी विकराल सिंह रजगैयाको मेडल सहित अन्य सामग्रीहरू कोहलपुर बसपार्क क्षेत्रबाट बिहीबार चोरी भएपछि खेलाडिहरू निराश भेटिएका हुन ।

“उपविजेताको उपाधि हासिल गरेर स्वदेश फर्कने क्रममा काठमाडौँ विमानस्थलमा जुन सम्मान खेलाडीहरूमा गरियो यसबाट हामी उत्साहित बनेका थियौँ। तर कोहलपुर बसपार्कमा खेलाडीको मूल सम्पत्ति नै चोरी भएपछि हामी विक्षिप्त बनेका छौं।” खोखो राष्ट्रिय खेलाडी दिपा विकले दुखेसो पोखिन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रथम खोखो विश्वकपको फाइनलमा सहभागी अर्की खेलाडी गीता चौधरी पनि निराशा मुद्रामा देखिईन । राष्ट्रको लागि ऐतिहासिक उपलब्धि हासिल गरेर फर्कने क्रममा खेलाडी साथीको मूल सम्पत्ति मेडल सहित नागरिकता, पासपोर्ट, खेलपोसाक सहित झोला चोरी हुनु दुःखद पक्ष हो ।

“खेलाडीहरूको मूल सम्पत्ति मेडल सहित अन्य सामग्री चोरी हुनु खेलाडी तथा राष्ट्रमाथिकै अपमान हो” नेपाल राष्ट्रिय खोको सङ्घका केन्द्रीय उपाध्यक्ष छत्र शाहीले भने ।

ग्रामीण भेगबाट सुरु भएको खो खो खेलले अन्तर्राष्ट्रिय क्षेत्रमा फरक पहिचान बनाउन सफल खेलाडीहरूलाई आम नेपाली जनबाट धन्यवाद ज्ञापन हुनुपर्नेमा खेलाडीको मूल सम्पत्ति नै चोरी हुनु दुखद भएकाे खेल समर्थकहरू बताउँछन ।

  • १० माघ २०८१, बिहीबार २०:२९ प्रकाशित
  • Nabintech