७ माघ, कोहलपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई कोहलपुरमा भब्य स्वागत तथा सम्मान गरीएको छ । सोमबार कोहलपुरस्थित क्रिकेट मैदानको अवलोकनकालागी पुगेका कप्तान पौडेललाई यहाँका जनप्रतिनिधि तथा खेलप्रेमीहरुले स्वागत तथा सम्मान गरेका हुन ।
कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरी र सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माले पौडेललाई सम्मान गरेका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कप्तान पौडेललाई स्वागत गर्दै राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा राष्ट्रिय टिम छनौट समितिका संयोजक एलवी क्षेत्रीले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।
यस्तै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई लुम्बिनीको पहिचानका रुपमा यसको प्रवद्र्धन र स्तरउन्नति गराउन खेलाडीहरुको महत्वपूर्ण भूमिका रहने बताईन ।
कोहलपुर नगरपालिकाले हरेक वर्ष उपमेयर कप क्रिकेट प्रतियोगिता गराउँदै आएको जानकारी दिँदै उनले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानकालागि समेत नगरपालिकाबाट बजेट विनियोजन गरीने बताईन । कोहलपुर नगरपालिकाले शिक्षा र खेलकुदका क्षेत्रमा ठुलो लगानी गरीरहेको उनको भनाई थियो ।
कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै कप्तान पौडेलले सम्मानले थप उर्जा प्राप्त भएको बताएका थिए । उनले स्थानियस्तरबाटै खेलाडी उत्पादनकालागी राज्यले लगानी गर्नुपर्ने धारणा राखेका थिए ।
पौडेलले ८ फेब्रुअरी २०१८ मा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू प्रतियोगितामा नेपालका लागि लिस्ट ए बाट क्रिकेटमा डेब्यू गरेका थिए । प्रतावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उनको यो पहिलो स्थलगत अवलोकन हो ।
७ माघ २०८१, सोमबार १७:०० प्रकाशित